५ असोज, कामना ।
स्याङ्जा जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा २० वर्ष नपुगेका १०९ किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यो अवधिमा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने कुल २ हजार ९१० जना थिए । तीमध्ये १०९ जना २० वर्ष मुनिका किशोरीहरु रहेका प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको तथ्यांक छ ।
कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा २० वर्षमुनिका ३७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । २०८१/८२ मा यो संख्या बढेर ४२ पुगेको थियो । गत आर्थिक वर्ष २०८२/८३ मा भने घटेर ३० मा झरेको छ ।
किशोरीले सुरक्षित गर्भपतन सेवा लिने संख्या पछिल्लो वर्ष घटे पनि २० वर्ष नपुग्दै गर्भधारण गरी स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिनुपर्ने अवस्था भने जिल्लामा अझै देखिएको छ । यद्यपि उनीहरू कुन परिस्थितिमा गर्भवती भए, विवाह भएको थियो वा थिएन, गर्भधारण इच्छित थियो वा थिएन तथा परिवार नियोजनका साधनको पहुँच कस्तो थियो भन्ने विवरण तथ्यांकबाट मात्रै खुल्दैन । कार्यालयका तथ्यांक अधिकृत विनोदप्रसाद भट्ट उपलब्ध तथ्यांकलाई मात्रै आधार बनाएर किशोरीमा हुने गर्भधारणलाई बालविवाहसँग जोडेर निष्कर्ष निकाल्न नमिल्ने बताउँछन् ।
‘गर्भपतन सेवाको तथ्यांकले सेवा लिनेको संख्या देखाउँछ,’ भट्टले भने, ‘यसको पछाडि गर्भधारणको कारण, विवाहको अवस्था, परिवार नियोजनको पहुँच र किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानजस्ता विषयलाई पनि सँगसँगै हेर्नुपर्छ ।’
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३