Logo

सोमवार, आश्विन ५ गते २०८३

प्रतिलिपी अधिकार उल्लंघन भएको भन्दै मुद्दा दायर

प्रतिलिपी अधिकार उल्लंघन भएको भन्दै मुद्दा दायर


प्रतिलिपी अधिकार उल्लंघन भएको भन्दै  मुद्दा दायर

४ असोज, कामना।

सरकारले दुई गीतकारको प्रतिलिपि अधिकार हनन भएको दावीसहित  सगरमाथा डिजिटल विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।सरकारी वकिलको कार्यालय, काठमाडौंले ९५ लाख रुपैयाँ बिगो तथा अन्य क्षतिपूर्ति माग गर्दै संगीत कम्पनी सगरमाथा डिजिटल प्रालिविरुद्ध काठमाडौं जिल्ला अदालतमा प्रतिलिपि अधिकारसम्बन्धी कसुरमा छुट्टाछुट्टै दुई मुद्दा दायर गरेको हो ।
सरकारी वकिलको कार्यालयले दायर गरेको आरोपपत्रमा गीतकार सरोज केसी र शशि शर्मा मजगैयाँको गीतमाथि उनीहरुले प्रतिलिपिअधिकार उल्लंघन गरेको आरोप छ । केसीको ३५ लाख रुपैयाँ र मजगैयाँको ६० लाख रुपैयाँ नोक्सान भएकाले क्षतिपूर्ति दिलाउनुपर्ने उनीहरुको माग छ ।

कम्पनीका सञ्चालक हीराबहादुर केसीले आफ्ना गीतमाथि अनधिकृत नियन्त्रण गरेको, अनुमति नलिई प्रयोग तथा व्यावसायिक दोहन गरेको र सर्जकको बौद्धिक सम्पत्तिबाट आर्जित आम्दानी लुकाएर ठगीसमेत गरेको आरोप गीतकारद्वयले लगाएका छन् । उनीहरुको जाहेरीको अनुसन्धानपछि मुद्दा दायर गरेको हो । केसीले आफूले लेखेको ‘तिम्रो दिलमा चोट लाग्दा’ लगायतका अन्य गीतबाट भएको आम्दानीको कुनै विवरण नदेखाई आम्दानी नै नभएको भन्दै बारम्बार आफूलाई झुक्याएर ठगी गरेको भनी जाहेरीमा उल्लेख गरेका छन् । मजगैयाँले आफूले लेखेका ‘तिम्रै यादमा’ र ‘तिम्रो माया मेरो माया’ बोल लगायतका गीत आफ्नो अनुमतिबेगर प्रयोग तथा नियन्त्रण भएको भनी जाहेरीमा उल्लेख गरेका छन् । ती गीतबाट आरोपित कम्पनीले अनधिकृत रूपमा आर्थिक आम्दानी गरेको दाबी गर्दै उनले बिगो र क्षतिपूर्ति भराउन माग गरेका छन् ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३