४ असोज, कामना।
कांग्रेसको शनिबार र आइतबार वडा अधिवेशनको कार्यतालिका थियो। शनिबार ३ हजार ३ सय ९६ वडामा अधिवेशन सम्पन्न भएको थियो।कार्यतालिकाअनुसार बाढी प्रभावित ३ र सिराहाबाहेक सबैजसो जिल्लामा अधिवेशन भइरहेको कांग्रेसले जनाएको छ।
निवर्तमान सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि वडा अधिवेशन भएको छ। तर यो अधिवेशनमा देउवा पक्षका नेता तथा कार्यकर्ताहरू भने सहभागी छैनन्।वडा अधिवेशनमा सहभागी भई अमरगढी नगरपालिका ९ बाट क्षेत्रीय प्रतिनिधि चयन भएका युवा नेता भुवन भट्टका अनुसार डडेल्धुराका सबै वडामा अधिवेशन सुरू भएको छ।डडेल्धुरामा ५२ वटै वडामा १५ औं महाधिवेशनअन्तर्गत अधिवेशन सुरू भई सम्पन्न हुने चरणमा पुगेको छ।
उनले जिल्लाभर नै अधिवेशन सकेसम्म सर्वसम्मत रूपमा गर्न लागिएको बताए। ‘हामीले क्रियाशील सदस्यहरूबीच छलफल गरेर वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सकेसम्म सर्वसम्मत टुंग्याएका हौं,’।जिल्ला सभापति भीमबहादुर साउँदले असोज ३ गते विज्ञप्ति निकालेर वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका थिए।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३