काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमार्फत पार्टीलाई थप सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गरेका छन् ।
लौहपुरुष तथा सर्वोच्च नेता गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धासुमन अर्पण गर्दै उनले १५औँ महाधिवेशनमार्फत पार्टीलाई थप सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गरेका हुन् ।
गणेशमान सिंहले लोकतन्त्रका लागि गरेको त्याग, देखाएको साहस र सिद्धान्तप्रतिको निष्ठा नेपाली राजनीतिकै लागि अमर मार्गदर्शन भएको सभापति थापाको भनाइ छ ।
पार्टी अहिले १५औँ महाधिवेशनको संघारमा रहेको उल्लेख गर्दै उनले यो महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने प्रक्रियामा मात्र सीमित नराखी संगठन र व्यवहारमा नै अग्रजहरूका लोकतान्त्रिक आदर्शलाई पुनर्जागृत गराउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन् ।
समय र चुनौती बदलिए पनि लोकतन्त्र, जनताप्रतिको उत्तरदायित्व र कठिन परिस्थितिमा सही पक्षमा उभिने साहसको सान्दर्भिकता झनै बढेको थापाको भनाइ छ ।
नयाँ पुस्ताको विश्वास जित्दै र समयको मागलाई सम्बोधन गर्दै नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्याउन सबै नेता तथा कार्यकर्तालाई एकबद्ध हुन उनले आह्वान समेत गरेका छन् ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३