Logo

मंगलवार, आश्विन ६ गते २०८३

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण हुँदै

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण हुँदै


लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण हुँदै

५ असोज, कामना । राष्ट्रियता र अगाध देशभक्तिको भावनालाई केन्द्रमा राखेर लेखक सरोज भट्टराईद्वारा लिखित पहिलो कृति ‘कलेजी प्रेम’ को लोकार्पण समारोह आयोजना हुने भएको छ।

देश, समाज, प्रेम, भावना तथा मानवीय संवेदनासँग जोडिएका विषयवस्तुलाई साहित्यिक भावभूमिमा प्रस्तुत गरिएको उक्त कृतिको लोकार्पण समारोहमा साहित्य, कानून, समाज, शिक्षा, सञ्चार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

लेखक भट्टराईको यो पहिलो साहित्यिक कृति हो। ‘कलेजी प्रेम’ मार्फत लेखकले राष्ट्रियता, देशप्रेम र मानवीय संवेदनाका विविध आयामलाई साहित्यिक अभिव्यक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।

कृतिको लोकार्पण कार्यक्रम असोज १८ गते (अक्टोबर ४) दिउँसो ठीक २:०० बजे बालुवाटार चियापान, नेपाल राष्ट्र बैंकको ठीक अगाडि, बालुवाटार, काठमाडौंमा आयोजना हुनेछ।

लोकार्पण समारोहमा साहित्यप्रेमी, सञ्चारकर्मी, लेखक, कानून व्यवसायी, विद्यार्थी तथा शुभेच्छुकहरूको गरिमामय उपस्थितिका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका