११ भदौ,कामना ।
भोटेकोशी बाढीले बगाएर ल्याएका १३० वटा शव चितवनमा भेटिएको प्रहरीले जनाएको छ। नारायणी नदीमा खोजतलास जारी रहेकाले थप शव भेटिन सक्ने चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले बताए।
‘अहिलेसम्म चितवनमा १३० शव भेटिएका छन्। अझै खोजतलास जारी छ,’ उनले भने। एसपी पौडेलका अनुसार चितवनका विभिन्न अस्पतालमा ६४ वटा शव राखिएका छन्। बाँकी शव राख्न अस्थायी केन्द्र बनाइएको छ।
शव व्यवस्थापनका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनमा माइनस डिग्री तापक्रम कायम हुने गरी कोठा तयार गर्न लागिएको पौडेलले बताए। ‘शव पहिचान गर्न अस्पतालमा धोइपखाली गरिएको छ। त्यसपछि अस्थायी केन्द्रमा माइनस डिग्री तापक्रममा राख्ने तयारी गरेका छौं,’ उनले भने।
-ख्यामकान्त अर्याल इतिहास, धार्मिक मान्यता, हास्य–व्यङ्ग्य र सामाजिक महत्व हामी नेपालको एक अत्यन्तै अनोखा, सांस्कृतिक र ऐतिहासिक पर्व गाईजात्रा (सापारू) को बारेमा विस्तृत कुराकानी गर्दैछौँ। एकातिर आफन्त