Logo

शनिवार, भाद्र १३ गते २०८३

२ हजार बढी सैनिक परिचालन -सेनाको पाँच वटा हेलिकोप्टरबाट उद्धार कार्य जारी

२ हजार बढी सैनिक परिचालन -सेनाको पाँच वटा हेलिकोप्टरबाट उद्धार कार्य जारी


२ हजार बढी सैनिक परिचालन -सेनाको पाँच वटा हेलिकोप्टरबाट उद्धार कार्य जारी

११ भदौ ,कामना ।

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका पाँचवटा हेलीकोप्टरबाट उद्धार कार्य जारी रहेको छ । सेनाले  बिहीबार प्रभावित क्षेत्रबाट ९७ जनाको उद्धार गरेको थियो । बिहीबार बिहान मैलुङको टनेलबाट ३ र टिमुरेबाट १४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । हेलिकोप्टर बाहेक थप ६३ जनालाई पनि सेनाले उद्धार गरेको छ ।


नुवाकोटदेखि चितवनसम्म प्रभावितहरूको खोज तथा उद्धार कार्यमा २ हजारभन्दा बढी फौज खटिई खोजरउद्धार तथा राहत वितरण कार्य गरिरहेको सेनाले जनाएको छ । गएराति सेनाका ११ वटा टीमले जमिनबाट उद्धारका कार्य गरेको थियो । सेनाका ११ ट्रकद्वारा आवश्यकता अनुसार प्रभावित स्थानहरूमा पुर्‍याउने कार्य भइरहेको छ । हालसम्म ४ सटल राहत सामग्री टिमुरे पुगिसकेको सेनाले जानकारी गराएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • गाईजात्रा पर्व के हो ? इतिहास, धार्मिक मान्यता, हास्य–व्यङ्ग्य र सामाजिक महत्व

    -ख्यामकान्त अर्याल  इतिहास, धार्मिक मान्यता, हास्य–व्यङ्ग्य र सामाजिक महत्व हामी नेपालको एक अत्यन्तै अनोखा, सांस्कृतिक र ऐतिहासिक पर्व गाईजात्रा (सापारू) को बारेमा विस्तृत कुराकानी गर्दैछौँ। एकातिर आफन्त