Logo

शनिवार, भाद्र १३ गते २०८३

रसुवा बाढीमा ८२६ जना सम्पर्कविहीन

रसुवा बाढीमा ८२६ जना सम्पर्कविहीन


रसुवा बाढीमा ८२६ जना सम्पर्कविहीन

११ भदौ ,कामना ।


रसुवामा आएको भीषण बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीले बिहीबार बिहान सवा ८ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक सम्पर्कविहीन भएका हुन् ।

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरीका १३ जना रहेका छन् । त्यस्तै ५७९ जना पर्यटक पनि बाढीपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

यसैगरी रसुवाका १६१ जना र नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको प्रहरीको विवरणमा उल्लेख छ ।बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षा निकायले उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएको छ । सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । बाढीका कारण विभिन्न क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क प्रभावित भएकाले सम्पर्कविहीनको संख्या थपघट हुन सक्ने बताइएको छ ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • गाईजात्रा पर्व के हो ? इतिहास, धार्मिक मान्यता, हास्य–व्यङ्ग्य र सामाजिक महत्व

    -ख्यामकान्त अर्याल  इतिहास, धार्मिक मान्यता, हास्य–व्यङ्ग्य र सामाजिक महत्व हामी नेपालको एक अत्यन्तै अनोखा, सांस्कृतिक र ऐतिहासिक पर्व गाईजात्रा (सापारू) को बारेमा विस्तृत कुराकानी गर्दैछौँ। एकातिर आफन्त