Logo

शनिवार, भाद्र १३ गते २०८३

सडकमा आएको भेलले बगाउँदा आमा-छोरीको मृत्यु

सडकमा आएको भेलले बगाउँदा आमा-छोरीको मृत्यु



१३ भदौ, कामना।

कास्कीको पोखरामा सडकमै आएको भेलले बगाउँदा आमा-छोरीको मृत्यु भएको छ ।कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार वर्षापछि सडकको नालीमा आएको भेलले बगाउँदा पोखरा महानगरपालिका-३० ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षकी छोरी रानीको मृत्यु भएको हो ।
शुक्रबार साँझ ग १३ प २८५९ नम्बरको स्कुटरमा उनीहरू बिरौटादेखी पृथ्वीचोक तर्फ आउँदै थिए । स्कुटरलाई सडकमा साइड लगाइ झर्ने क्रममा बालिका रानीलाई भेलले एक्कासि बगाएर नालीमा पुर्‍याएको थियो ।

 ‘बालिकालाई बचाउने प्रयासमा आमा सुष्मा पनि नालीमा पुगेकी थिइन् । सो क्रममा भेलले आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल बिरौटासम्म पुर्‍याएको थियो ।’ पोखरा–१७ बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएका थियो । उपचारका क्रममा आमाको शुक्रबार राति र छोरीको आज बिहान मृत्यु भएको हो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • गाईजात्रा पर्व के हो ? इतिहास, धार्मिक मान्यता, हास्य–व्यङ्ग्य र सामाजिक महत्व

    -ख्यामकान्त अर्याल  इतिहास, धार्मिक मान्यता, हास्य–व्यङ्ग्य र सामाजिक महत्व हामी नेपालको एक अत्यन्तै अनोखा, सांस्कृतिक र ऐतिहासिक पर्व गाईजात्रा (सापारू) को बारेमा विस्तृत कुराकानी गर्दैछौँ। एकातिर आफन्त