Logo

सोमवार, आश्विन ५ गते २०८३

संविधान दिवस : हो भन्नेहरु उफ्रिदै गर्छन्,  होइन भन्नेहरु...

संविधान दिवस : हो भन्नेहरु उफ्रिदै गर्छन्,  होइन भन्नेहरु...


संविधान दिवस :  हो भन्नेहरु उफ्रिदै गर्छन्,  होइन भन्नेहरु...


यही असोज ३ मा सरकार, राज्य र राज्य पक्षका मान्छेले धुमधामका साथ काठमाण्डौस्थित टुँडीखेलको सैनिक मञ्चमा एघार औं संविधान दिवस मनाए । सो क्रममा देशका शासक जात एवम् शासक वर्गका मान्छेहरुले खुशी मनाउने कुनै अनौठो भएन । उक्त कार्यक्रममा ‘सुझो न बुझो टिकी ट्याँस–ट्याँस !’ संविधान दिवस मनाउनका लागि उपस्थित भएका सरकार प्रमुख, राज्य प्रमुख र राज्य पक्षका मान्छेहरु, तिनका हनुमानगिरी गरेर र झोलेपाके बनेर सरकार र, राज्यको केही हिस्सामा भाग शान्ति जय नेपाल ! गर्न पाएका हाम्रा भनिएका मान्छेहरुलाई मनोरञ्जन दिलाउने र खुशी बनाउने काम भने आदिवासी जनजाति र मधेसी मूलका केटाकेटी (भाइबहिनी) हरु वा भनौं कलाकारले प्रमुख भूमिका खेलेका थिए । सो कार्यक्रमको दृश्य विभिन्न टेलीभिजन च्यानलहरु र यु–ट्युबहरुमा हेर्दा र विभिन्न असोज ४ मा पत्रपत्रिकामा छापिएका फोटा हेर्दा लाग्थ्यो कि, विसं २०७२ असोज ३ मा जारी भएको संविधान दशौं वर्ष पूरा भएर एघारांंै वर्ष लागेको अवसरमा संविधान दिवस मनाउन पाउँदा सरकार प्रमुख, राज्य प्रमुख, राज्य पक्षका मान्छेहरु र तिनका हनुमानगिरी गरेर, झोलेपाके बनेर सरकार र राज्यको केही हिस्सामा भाग शान्ति जय नेपाल ! गर्न पाएका हाम्रा भनिएका मान्छेहरुभन्दा ती कलाकार भाइबहिनीहरु धेरै खुशी छन् ! त्यसैले उनीहरु मन खोलेर उफ्रीपाफ्री गरी रहेका छन् ! वा भनौं त्यही भएर उनीहरु मस्तराम भएर मनोरञ्जन लिईरहेका छन्, नाचगानमा रमाई रहेका छन् ।
२०७२ साल असोज ३ का दिन जारी भएको नेपालको नयाँ संविधान, जुन संविधानप्रति असन्तुष्ट रहेकाहरु त्यसमा पनि अझ आदिवासी जनजाति र मधेसी (राज्यको भाषामा सानो समूह ) ले भने सुरुदेखि नै विसं २०७२ साल असोज ३ का दिन जारी नेपालको नयाँ संविधान प्रति असहमति राख्दै ‘हरेक असोज ३ मा विरोध प्रदर्शन र विरोधसभा गर्ने गर्छन्, गर्ने गर्थे । यो वर्ष त मधेसी मूलका पार्टीका नेताहरुले सो अवसरमा ‘अब मधेस राज्यका लागि नै लड्ने !’ भन्ने कुरो गरे अरे ! भन्ने पढ्न, हेर्न र सुन्न पाईएको छ । उता आदिवासी जनजातिका अगुव हौ भन्नेहरुले चाहिँ एघारौं संविधान दिवसका अवसरमा केके गरे त रु केही सुन्न, पढ्न र हेर्न पाईएन । अर्थात् यो लेखका लेखकलाई थाहा भएन । हुनत विसं २०७२ को संविधान जारी भएदेखि राज्य र राज्यपक्षका मान्छेहरुले चाहिँ धुपबत्ती बालेर, मैनबत्ती बालेर, दिपावली गरेर, अबीर लगाएर ! बडो हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएका छन् । संविधान दिवस मनाउन राज्यले आम नागरिकलाई सार्वजनिक बिदा दिएरै संविधान दिवस मनाउँदै आएका छन् । आदिवासी जनजाति र मधेसीहरु भने सुरुका केही वर्ष सानै किन नहोस्, एक समूहले आफ्नो समुदाय र वर्गका लागि ‘कालो दिन–कालो दिवस’ मनाउँदै आएका थिए ।  
यसरी राज्य पक्षका मान्छेका साथै नेपालका ठूला भनिएका राजनैतिक दल र तिनका नेता तथा उनीहरुको हनुमानगिरी गरेर र, झोलेपोके बनेर केही हिस्सामा भाग शान्ति जय नेपाल गर्ने आदिवासी जनजाति, दलित तथा मधेसी जो राज्यको पक्षमा वकालत गर्ने बुद्धीजीवीहरु छन्, उनीहरुको नजरमा विसं २०७२ असोज ३ को नयाँ संविधान नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट संविधान हो । त्यसो भए तापनि किन केही व्यक्ति अथवा समूहले सो संविधानको विरोध गर्दै ‘कालो दिन–कालो दिवस’ मनाउने गरेका छन् रु उनीहरुले फगत विरोधका लागि विरोध गर्न मात्रै त्यसो गरेका हुन् ? पक्कै त्यस्तो त होइन होला ? किनभने विसं २०७२ असोज ३ मा पछिल्लो पटक जारी भएको संविधानमा आदिवासी जनजाति विरोधी ११ वटा धारा रहेका छन् । त्यसै गरी २९ वटा धारा आदिवासी जनजातिका लागि विभेदकारी छन् भने ३९ वटा धारा आदिवासी जनजातिलाई बहिष्करण गर्ने खालका छन् । जबकि यही संविधानको पाँच वटा धारा चाहिँ नेपालका शासक वर्ग अथवा जात मानिएका आर्य–खस समूहको जातीय सर्वोच्चतालाई साथ र सहयोग गर्ने खालका छन् । त्यस्तै धारा २७४ ले ७ प्रदेशबाहेक एक इन्च पनि तलमाथि गर्न नमिल्ने आशय बोलेको छ । मानौं कि, विसं २०७२ असोज ३ मा जारी भएको संविधानको धारा २७४ ढुंगोमा कुदिएको अक्षर हो ! –सन्दर्भ स्रोतः अधिवक्ता शंकर लिम्बु, सचिव, लाहुर्निप । 
अझ भएन, शासक वर्गका लागि नेपाल, दक्षिण एसिया, एसिया र समग्र विश्वै उत्कृष्ट भनिएको संविधान जारी भएको आठ वर्ष पूरा भएर नौं वर्ष लाग्दा पनि नयाँ संविधानमा व्यवस्था गरिएका कतिपय काम र कारवाहीहरु लागू गर्न र कार्यन्ययन गर्नुपर्ने कयौं कानुन नै बनेकाछैनन्, ऐन, नियम, नियमावली, विनियम, कार्यविधि आदि तर्जुमा भएकै छैनन् । जसले गर्दाखेरि यो व्यवस्थाप्रति नै आम मानिसहरुमा वितृष्णा जागेको छ । तथापि पनि नेपालका राजनीतिक दलहरु, तिनका नेता नेता तथा कार्यकर्ता अनि बौद्घिक भनिएका, बुद्घिजीवी भनिएकाहरु चाहिँ विसं २०७२ असोज ३ को संविधानलाई विश्वकै उत्कृष्ट भन्न छाडेका छैनन् । हुनत नेपालमा कोही मानिसमा ‘आलोचनात्मक चेत (आचे)’ हुनु पनि ‘डेन्जर माने खतरा !’ हुने गरेको छ । तर पनि यो पङ्क्तिका लेखक राज्य र राज्य पक्षका मिडिया तथा अनुदारवादी मान्छेबिच बीच नचिनिएको सामान्य मानिस भएको हुनाले यत्ति कुरो लेख्दा, बोल्दा नै मलाई ‘डेन्जर माने खतरा !’ नहोला कि ?

सन्दर्भ वस यहाँ डाक्टर हर्क गुरुङले लेखेको ‘जनजाती सेरोफेरो’ नामक किताबको पाना नम्बर–२२ मा लेखेको (मैले पढेको ) जनजातीय बित्याँस उप शीर्षकको ‘जनजातीय विविधताको ... छिमेकी भारतको हामीमाथि ठूलो प्रभाव छ, ...विविध पक्षमा । त्यस देशको गणतन्त्र दिवसमा प्रदर्शन गरिने विभिन्न झाँकीमध्ये सबभन्दा बढी उफ्रिने टोलीहरु हुन् पन्जाबको भाँगडा र नागाहरुको नाच । तिनीहरुमध्ये “हो” भन्नेहरु राजधानीमा उफ्रदै गर्छन्, “होइन” भन्नेहरु स्वशासनको लागि पड्कदै गर्छन् । हाम्रो पनि राजनैतिक पर्वहरुमा जनजातीय धार्मिक÷सांस्कृतिक झाँकीहरु प्रयोग हँदै आएको छ, तर पड्कनु भने बाँकी छ ।’ भनी लेखेको हरफको याद आयो । हुन पनि हो, हाम्रो देश नेपालमा पनि २०७२ साल असोज ३ का दिन जारी भएको नयाँ संविधानपछि सरकार र सरकारी पक्षका मानिसले हरेक वर्ष काठमाण्डौको टुँडीखेलमा हो मा “हो” भन्दै, हाँ मा हाँ मिलाउँदै उफ्री रहेको देखिन्छ भने “होइन” भन्नेहरु चाहिँ... आफ्नो बुता, बर्कत र अक्कलले भ्याएसम्म २०७२ को संविधानले गरेको विभेदकारी व्यवस्थाको विरोधमा होइन भनेर उफ्री नै रहेका छन् । 
यस्तो आजको दिनमा हर्क गुरुङ जस्ता प्रष्टसँग बोल्नु हुने बुद्धिजीवी जीवितै रहनु भएको भए नेपालको आदिवासी जनजाति आन्दोलन, विभिन्न राजनीतिक दलमा रहेका आदिवासी जनजाति मूूलका नेताहरु जो आप्mनो जातजाति, भाषाभाषी, धामिर्क समूह, संस्कार, संस्कृति र समग्र समुदायको हितका लागि केही प्राप्त गर्न अधिकतम प्रयास गर्नु भन्दा आप्mनो दल र तिनका नेताको हनुमानगिरी गरेर र, झोलेपोके बनेर, फेरो समातेर केही हिस्सा प्राप्त गर्न ‘भाग शान्ति जय नेपा’ल ! गर्ने आदिवासी जनजाति मूलका नेताप्रति कस्तो टिप्पणी गर्नु हुन्थ्यो होला, तिनीहरुलाई कस्तो अर्ति–बुद्घि दिनु हुन्थ्यो होला रु सो सम्बन्धमा हामीले कल्पना मात्रै गर्न सक्छौं । अन्त्यमा भन्नु पर्दा डाक्टर हर्क गुरुङले लेख्नु भएको ‘...छिमेकी भारतको हामीमाथि ठूलो प्रभाव छ,...विविध पक्षमा...पन्जाबको भाँगडा र नागाहरुको नाच...तिनीहरुमध्ये “हो” भन्नेहरु राजधानी (भारतको केन्द्रीय नयाँ दिल्ली) मा उफ्रदै गर्छन्, “होइन” भन्नेहरु स्वशासनको लागि पड्कदै गर्छन् भने भनाइमा म आपूm एक्लै भए पनि सहमत हुँदै ‘२०७२ साल असोज ३ का दिन जारी भएको संविधान सबै सही छैन, सबै सही “होइन”।

निनाम लोवात्ती

author

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३