कामना न्युज काठमाडौँ ।
अर्थमन्त्री रामेश्वर खनालको पहलमा गठन गरिएको सेयर बजार सुधार सुझाव कार्यदलले दिएको सुझावका आधारमा नेपाल धितोपत्र बोर्डले सर्किट ब्रेकर सम्बन्धी व्यवस्था खुकुलो बनाउने तयारी गरेको हो ।
कार्यदलले दिएको सुझाव अनुसार सर्किट ब्रेकर सम्बन्धी व्यवस्थामा सर्किट लाग्ने सीमा बढाउने वा मार्केट हल्ट हुने समय घटाउने वा दुवै व्यवस्था पुनरावलोकन हुनसक्ने छ ।
हाल उक्त विषयमा छलफल भइरहेको बोर्डका एक उच्च अधिकारीले बताएका छन् । सर्किट ब्रेकर सम्बन्धी व्यवस्था खुकुलो हुँदा बजारको माहोल थप सकारात्मक हुने र लगानीकर्ताको मनोबल पनि बढ्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३