Logo

बुधवार, भाद्र ३१ गते २०८३

३०० बाढीपीडितलाई काठमाडौंको येलो गुम्बामा राखियो

३०० बाढीपीडितलाई काठमाडौंको येलो गुम्बामा राखियो


३०० बाढीपीडितलाई काठमाडौंको येलो गुम्बामा राखियो


१५ भदौ, कामना।

रसुवाको स्याफ्रुबेसी टिमुरेबाट उद्धार गरिएका करिब ३ सय बाढीपीडितलाई काठमाडौंको नागार्जुन नगरपालिका-२ स्थित येलो गुम्बामा राखिएको छ ।उक्त क्षेत्रका बाढीपीडितलाई गत शुक्रबारदेखि येलो गुम्बामा राख्न थालिएको हो । उक्त गुम्बामा पहिलो दिन ६२ जनालाई ल्याइएकोमा अहिले करिब ३ सय छन् । शनिबार र आइतबार अस्थायी बसोबासका लागि येलो गुम्बामा आउने पीडितहरूको संख्या बढे पनि सोमबारदेखि बढ्ने क्रम रोकिएको व्यवस्थापनमा खटिएका स्वयंसेवीहरूले बताए ।

रसुवाको बढी प्रभावित क्षेत्रबाट बाढीपीडितहरू ल्याएर येलो गुम्बामा राखिएको थाहा पाएसँगै सहयोग गर्नेहरूको लर्को लागेको छ । व्यक्ति, संस्था, व्यवसायी, कलाकार, उद्यमी लगायतले पीडितलाई बसोबासका लागि आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराएका छन् ।
बाढीपीडितका लागि गुम्बामै पकाएर खुवाउने व्यवस्था गरिएको छ । मेसको व्यवस्थापन स्वयंसेवकका रूपमा कलाकार रविन्द्रसिंह बानियाँले गरेका छन् ।

सरकारको तर्फबाट हालसम्म १० वटा ग्यास सिलिन्डर उपलब्ध गराइएको छ । खानाको लागि आम नागरिक, व्यवसायी, उद्यमी, कलाकार लगायतबाट आवश्यक सामग्री सहयोग भएको छ ।

बच्चादेखि वृद्धसम्मलाई गुम्बामा राखिएको छ । उनीहरूको स्वास्थ्य उपचारका लागि आधा दर्जन स्वास्थ्यकर्मीको टोली खटिएको छ । गुम्बाको गेटसँगै उपचार केन्द्र स्थापना गरी आवश्यक उपचारको व्यवस्था मिलाइएको छ ।

डा.रामजी रामको नेतृत्वमा स्वास्थ्यकर्मीहरू बाढीपीडितको उपचारमा खटिएका छन् । गुम्बामा उपचार हुन नसक्ने बिरामीहरूलाई अस्पतालमा रिफर गर्ने गरिएको छ ।

‘नियमित औषधि खानुपर्ने वृद्धहरू पनि हुनुहुन्छ,’ स्वयंसेवीको रूपमा कार्यरत एक युवाले  भने, ‘आफूले खाने औषधि थाहा नहुने वृद्धहरूलाई समेत यहाँ ल्याइएको छ । स्वास्थ्यको सबै परीक्षण गरी उहाँहरूले खाने औषधिको व्यवस्था गरेका छौं ।’

रसुवाको स्याफ्रुबेशी र टिमुरेका बाढीपीडितलाई येलो गुम्बामा ल्याएर राख्ने तदरुकता त्यहीँका स्थानीयले गरेका थिए । ती क्षेत्रका करिब २० युवाले स्वयंसेवीका रूपमा व्यवस्थापनको जिम्मेवारी लिएर गुम्बामा बाढीपीडितलाई राखेका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३