३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको अवस्थामा सिर्जित विपद्बारे काम गर्नका लागि गठन हुन लागेको संसदीय समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले प्रधानमन्त्री वालने शाहले संसद् र संसदीय समितिको मर्यादा कायम राख्नुपर्नेमा जोड दिए ।
‘सम्माननीय प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ, सकेसम्म संसद्लाई पूर्ण रूपमा बेवास्ता गर्ने, प्रमुख प्रतिपक्ष दलको नेताले बालेको बेलामा उहाँको उपस्थिति छ भन्ने लाग्दैन,’ उनले भने ।
सभापति थापाले संसदीय समितिलाई जिम्मेवारी दिएर काम लगाउने र समितिले तयार पारेको प्रतिवेदनलाई सरकारले बेवास्ता गर्ने अवस्था आउन नहुनेमा पनि जोड दिए ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३