Logo

बुधवार, भाद्र ३१ गते २०८३

एक सातासम्म दैनिक १६० बुलेट ग्यास पठाइदिन नेपालकोआग्रह

एक सातासम्म दैनिक १६० बुलेट ग्यास पठाइदिन नेपालकोआग्रह


एक सातासम्म दैनिक १६० बुलेट ग्यास पठाइदिन  नेपालकोआग्रह

३० भदौ,कामना


नेपालले भारतलाई कम्तीमा एक सातासम्म दैनिक १६० बुलेट ग्यास पठाइदिन आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले नेपाल आयल निगमका अधिकारीहरूलाई इण्डियन आयल कर्पोरेनका प्रतिनिधिसँग कुराकानी गर्न लगाएका हुन्। 

तत्कालका लागि ग्यास अभाव पूर्ति गर्न धेरैभन्दा धेरै ग्यास बजारमा पठाउने सरकारले रणनीति लिएको छ। त्यसका लागि भारतबाट धेरै ग्यास मगाउने र बजारमा पठाउने रणनीति मन्त्री साहले लिएका हुन्।  आइओसीका प्रतिनिधिसँग नेपाली पक्षले टेलिफोनमा कुराकानी गरेको थियो। लगत्तै इमेल मार्फत् दैनिक १६० बुलेट ग्यास बुटेल पठाइदिन आग्रह गरिएको हो। 

नेपाललाई दैनिक १०० बुलेट ग्यास आयात भए पुग्ने सरकारी आँकडा छ। पछिल्लो पटक दैनिक १०९ बुलेट ग्यास दैनिकजसो आयात हुने गरेको छ। ग्यास अभाव भएयता भदौ १३ गते १६२ बुलेट र भदौ १५ गते १५० बुलेट ग्यास भारतबाट लोड आएका थिए। तर कतिपय दिनमा एक बुलेट पनि लोड नहुने र कतिपय दिनमा १०० बुलेटभन्दा कम आउँछ।

भदौ ७ गते कुनै पनि बुलेट लोड भएको थिएन। त्यस्तै भदौ २१ गते ६२ बुलेट, भदौ १२ गते ६६ बुलेट लोड भएका थिए। सरकारले दैनिक १६० बुलेट केही दिनसम्म लगातार नेपाल भित्रिए ग्यासको अभाव हल हुने ठानेको छ।

अहिलेको ग्यासको समस्या मानिसहरूमा अभाव हुने भयले सिर्जित भएको सरकारको बुझाइ छ। त्यसैले भय हल गर्न धेरै ग्यास भित्र्याउने उद्देश्य सरकारले राखेको हो। 

ग्यासको चरम अभाव भएपछि रास्वपाकै सांसदहरूले उद्योग मन्त्री गौरीकुमारी यादवको राजीनामा मागेका थिए। लगत्तै उनले राजीनामा दिएकी थिइन् । मन्त्री यादवले राजीनामा दिएकै दिन साहले मन्त्रीका रूपमा पदभार ग्रहण गरेका थिए। 

मन्त्री भएलगत्तै उनले ग्यासको समस्य समाधानका लागि अस्थायी र स्थायी उपाय सुझाउन कार्यदल गठन गरेका थिए। कार्यदललाई मन्त्री साहले तीन दिनको मात्र समय दिएका थिए। 

मन्त्री साहले ग्यास भित्र्याउन भन्सारमा हुने ढिलाइ समेत समाधान गर्न पहल लिएका छन्।नेपाल र भारतले अहिले एकीकृत भन्सार जाँच कार्यालय मार्फत् जाँचपास गर्ने गरेका छन्। बिहान भन्सारमा आएको बुलेट समेत बेलुकी मात्र नेपाल भित्रने अवस्था छ। मन्त्रालयले यस्तो प्रक्रिया छोटो पारिदिन भन्सार कार्यालयहरूसँग समन्वय अघि बढाएको हो। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३