Logo

शनिवार, कार्तिक २९ गते २०८३

अ

काँग्रेस देउवा समूहबाट पूर्व मन्त्री  मेखलाल श्रेष्ठ गण्डकी प्रदेश सभापतिको उम्मेदवार

काँग्रेस देउवा समूहबाट पूर्व मन्त्री  मेखलाल श्रेष्ठ गण्डकी प्रदेश सभापतिको उम्मेदवार


काँग्रेस देउवा समूहबाट पूर्व मन्त्री  मेखलाल श्रेष्ठ गण्डकी प्रदेश सभापतिको उम्मेदवार

 २७ कर्तिक , कामना ।
नेपाली काँग्रेस देउवा समुहको गण्डकीको सभापतीमा वर्तमान उपसभापती तथा पुर्व मन्त्री मेखलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । उनि हालका प्रदेश उपसभापती तथा काँग्रेसका विकासवादी नेताका रुपमा परिचित छन् । उनि गण्डकी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री समेत भएका थिए ।
शेरबहादुर देउवा समूहले आगामी मंसिर ५ र ६ गते पोखरामा आयोजना गर्ने प्रदेशको  नियमित अधिवेशनमा श्रेष्ठ सभापतिको उम्मेदवार बन्ने भएका हुन्। डा. शशांक कोइराला नेतृत्वको १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति अन्तर्गत हुन लागेको अधिवेशन पोखरा सभागृहमा हुनेछ। अधिवेशनको उद्घाटन कांग्रेस नेता शेरबहादुर देउवाले गर्ने तय भएको छ। अधिवेशनको तयारी स्वरूप श्रेष्ठसहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई भेटेर सभागृह बुकिङ गरेको छ। महानगरपालिकाको नियमानुसार आवश्यक प्रक्रिया पूरा गरी सभागृह बुकिङ गरिएको हो।  

कांग्रेस गण्डकी प्रदेशका उपसभापतिसमेत रहेका श्रेष्ठले अधिवेशनको व्यवस्थापकीय तयारी अघि बढिरहेको जानकारी दिएका छन्। उनका अनुसार अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट करिब १ हजार ६ सय प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।  प्रदेशका ३६ वटा प्रदेश निर्वाचन क्षेत्रबाट प्रदेश सभापतिसहित प्रदेश प्रतिनिधि तथा १८ वटा संघीय निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। त्यस्तै, ८५ स्थानीय तहका सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको समेत सहभागिता रहनेछ। अधिवेशनका लागि आवश्यक आर्थिक स्रोत प्रदेश प्रतिनिधि, विभिन्न पदमा आकांक्षा राख्ने नेता–कार्यकर्ता तथा पार्टीका सदस्यबाट स्वस्फूर्त रूपमा जुटाइने श्रेष्ठले बताएका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ