Logo

शनिवार, कार्तिक २९ गते २०८३

अ

कांग्रेस महामन्त्री प्रदीप पौडेल कार्तिक २९ गते स्याङ्जा  जाने

कांग्रेस महामन्त्री प्रदीप पौडेल कार्तिक २९ गते स्याङ्जा  जाने


कांग्रेस महामन्त्री प्रदीप पौडेल कार्तिक २९ गते स्याङ्जा  जाने

२६ कात्तिक, कामना ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल आगामी कार्तिक २९ गते स्याङ्जाको वालिङ  जानुहुने भएको छ। नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ (क)को प्रदेश कार्यसमितिको पदस्थापना तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन उहाँ वालिङ जानुहुने भएको हो।

क्षेत्र नं २ (क) को आयोजनामा हुने उक्त कार्यक्रममा प्रदेश कार्यसमितिको पदस्थापनासँगै प्रशिक्षणसमेत सञ्चालन गरिने नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं २ (क) का सभापति यामप्रसाद (लक्ष्मण) अधिकारीले जानकारी दिनुभयो। वालिङस्थित शुभम पार्टी प्यालेसमा बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रममा महामन्त्री पौडेलले पार्टीको संगठन सुदृढीकरण, नेतृत्व विकास तथा समसामयिक राजनीतिक विषयमा प्रशिक्षण तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ