Logo

शनिवार, कार्तिक २९ गते २०८३

अ

नेपाली कांग्रेस गण्डकी प्रदेशको  महामन्त्रीमा  अजित क्षत्रीको उम्मेदवारी 

नेपाली कांग्रेस गण्डकी प्रदेशको  महामन्त्रीमा  अजित क्षत्रीको उम्मेदवारी 


नेपाली कांग्रेस गण्डकी प्रदेशको  महामन्त्रीमा  अजित क्षत्रीको उम्मेदवारी 

कर्तिक २७ , कामना ।

नेपाली कांग्रेसको आसन्न गण्डकी प्रदेश महाधिवेशनको सरगर्मी बढ्दै जाँदा युवा नेता अजित क्षत्री अधिकारीले प्रदेश महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश सभापति पदका लागि वर्तमान सभापति शुक्रराज शर्मासहित सात जनाभन्दा बढी नेता आकांक्षी देखिरहेका बेला अजितले पार्टी संगठनलाई युवामैत्री, गतिशील र सुदृढ बनाउने संकल्पसहित महामन्त्रीमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) को तल्लो तहदेखि खारिएर पार्टीको मूल राजनीतिमा सक्रिय अजित गण्डकी प्रदेशमा युवा पुस्ताका चर्चित र जुझारु नेताका रूपमा चिनिन्छन् । लामो समयदेखि संगठन निर्माण, विद्यार्थी हकहित र लोकतान्त्रिक आन्दोलनमा निरन्तर खटिएका कारण उनले प्रदेश महामन्त्रीमा आफूलाई स्वाभाविक दाबेदारका रूपमा अघि सारेका छन् ।

विद्यालय तहबाटै सुरु भएको राजनीतिक यात्रा

 

अजितको राजनीतिक यात्रा २०५८ सालमा विद्यालय तहबाटै नेविसंघमा संगठित भएसँगै प्रारम्भ भएको हो । २०६२ सालमा पोखराको छोरेपाटन उच्च माध्यमिक विद्यालयमा नेविसंघको संगठनात्मक गतिविधिमा सक्रिय रहेका उनी २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा अग्रमोर्चामा रहेर सहभागी भएका थिए ।

उच्च शिक्षाका क्रममा पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दा उनले विद्यार्थी राजनीतिलाई थप उचाइ दिए । २०६४ सालमा पृथ्वीनारायण क्याम्पस इकाइ सचिवको जिम्मेवारी सम्हालेका अजित २०६५ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवारसमेत बनेका थिए ।

 

स्याङ्जा नेविसंघको एक दशक लामो नेतृत्व

आफ्नो गृहजिल्ला स्याङ्जाको विद्यार्थी राजनीतिमा अजितको बलियो पकड र योगदान छ । नेविसंघ स्याङ्जा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति तथा जिल्ला कार्यवाहक सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेपछि उनले २०६९ देखि २०७८ सालसम्म झन्डै एक दशक नेविसंघ स्याङ्जाको जिल्ला सभापतिका रूपमा नेतृत्व सम्हाले ।

जिल्ला अध्यक्ष रहँदा उनले स्याङ्जाका सबै स्थानीय तह र शैक्षिक संस्थाहरूमा संगठन विस्तार गर्नुका साथै समसामयिक जनजीविका, सुशासन र लोकतन्त्रका पक्षमा निरन्तर आवाज उठाउँदै आए ।

पार्टी राजनीति र प्रदेश तहको अनुभव

विद्यार्थी राजनीतिसँगै अजित पार्टीको मूल संरचनामा पनि उत्तिकै सक्रिय छन् । नेपाली कांग्रेसको १२ औँ महाधिवेशनबाट क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका उनी हाल कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य छन् ।

प्रदेश कार्यसमितिअन्तर्गत उनी हाल कार्यसम्पादन समिति सदस्य तथा भ्रातृ संगठन समन्वय विभाग प्रमुखको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिरहेका छन् । प्रदेशका सबै जिल्लाका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूसँगको निरन्तर समन्वय र सांगठनिक अनुभवका कारण प्रदेश महामन्त्रीको जिम्मेवारी सम्हाल्न आफू पूर्ण रूपमा सक्षम रहेको उनको भनाइ छ ।अग्रजको अनुभव र युवाको जोसलाई जोडेर गण्डकी प्रदेशमा नेपाली कांग्रेसलाई पहिलो र बलियो शक्ति बनाउने योजनासहित आफू महामन्त्रीको दौडमा उत्रिएको अजितले बताएका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन -

पद होइन, जिम्मेवारी मेरो प्राथमिकता हो. नेपाली काङ्ग्रेस केन्द्रिय महाधिवेशन समपन्न भयको छ ,सभापति गगन कुमार थापा लगायत कार्यसमिति जसरी निर्बाचित भयको छ तेसले जिम्मेवारी लिन थप उत्प्रेरित गरेको छ ।
विरासत हाम्रो गौरव हो, पुस्तान्तरण ,रूपान्तरण ,प्रबिधि प्रयोग हाम्रो आवश्यकता हो। 
नेतृत्वको अर्थ आदेश दिनु होइन, जिम्मेवारी लिनु हो, पुस्तान्तरण समयको माग हो , स्बिकार गरौ ।
संगठन बलियो भए मात्र लोकतन्त्र पार्टीभित्र पनि बलियो हुन्छ, सांगीतिक चेत बोक्नेहरु राजनीति नेतृत्वमा रहदा मात्र यो सम्भब छ ।
मेरो राजनीति व्यक्तिकेन्द्रित होइन,  आजको युवाको सपना सम्बोधन गर्ने ,सामाजिक न्याय गर्ने , निष्ठावान चरित्र  , नतिजा दिने राजनीति ,विचार र संस्थागत संस्कारमा आधारित हुनुपर्छ,काङ्ग्रेसको सांगठनिक परिचालन मात्र होइन ,संगठनका शुभेच्छुक काङ्ग्रेसमा योगदान गरेका  चार पुस्ताको  र  नेपाली जनको बिश्वास हाम्रो कर्मले फर्काउनु छ । 
“नेपाली कांग्रेस गण्डकी प्रदेशको नेतृत्वमा नयाँ ऊर्जा, सोच र कार्यशैली स्थापित गर्न म महामन्त्री पदमा उम्मेदवारी दिँदै छु। म प्रतिस्पर्धामा छु, तयारीमा छु र चुनावी मैदानमा उत्रदै छु ,तपाईंको बिश्वास साथ -आशिर्वाद र मतको अपेक्षा गर्दछु । जय नेपाल ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ