Logo

आइतवार, कार्तिक ३० गते २०८३

अ

 एनपीएल विजेताले डेढ करोड पाउने

 एनपीएल विजेताले डेढ करोड पाउने


 एनपीएल विजेताले डेढ करोड पाउने

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेता टिमले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइतबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको पुरस्कार राशिबारे औपचारिक जानकारी गराएको हो।

क्यानले घोषणा गरे अनुसार एनपीएलको यस तेस्रो संस्करणमा उपविजेता बन्ने टोलीले ८० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ। त्यसैगरी, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख र चौथो स्थानमा रहने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्।

यसअघि आयोजित एनपीएलको दोस्रो संस्करणमा विजेता टोलीलाई १ करोड १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो भने उपविजेताले ५१ लाख रुपैयाँ मात्र पाएका थिए। गत संस्करणमा तेस्रो हुने टोलीले २५ लाख र चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ नगद प्राप्त गरेका थिए। यसपटक क्यानले पुरस्कार राशिमा उल्लेख्य वृद्धि गर्दै प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धी बनाएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ