Logo

मंगलवार, भाद्र १६ गते २०८३

 मेसीले गरे अन्तर्राष्ट्रिय फुटबल बाट संन्यास घोषणा

 मेसीले गरे अन्तर्राष्ट्रिय फुटबल बाट संन्यास घोषणा


 मेसीले गरे अन्तर्राष्ट्रिय फुटबल बाट संन्यास घोषणा

 

१५, भदौ कामना 


अर्जेन्टिनाका महान फुटबलर लिओनल मेसीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्।उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो एउटा हस्तलिखित नोटको फोटो राख्दै अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट बिदा हुन लागेको पुष्टि गरेका हुन्।

मेसीले आफ्नो पत्रको अन्त्यमा एक विशेष नोट लेख्दै भनेका छन्, ‘मैले यी शब्दहरू जुलाई २१ मा, फाइनलको दुई दिनपछि लेखेको थिएँ। आज, बुवालाई जे भयो (बुवाको निधन), त्यसपछि म यो निर्णयमा पहिलेभन्दा अझ बढी दृढ छु।’ मेसीका बुवा जर्ज मेसीको ६८ वर्षको उमेरमा अगस्ट ८ मा अर्जेन्टिनाको रोजारियोमा निधन भएको थियो।

मेसीले लेखेका छन्, ‘फाइनल सकिएको केही समयपछि र धेरै सोचविचार गरेपछि, म सबैलाई जानकारी गराउन चाहन्छु कि म अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट संन्यास लिँदैछु।’

उनले अगाडि लेखेका छन्, ‘यो निर्णय लिन निकै गाह्रो भयो र अझै पनि मन दुखिरहेको छ, तर मलाई लाग्छ कि अब समय आएको छ। म कसम खान्छु कि मैले सधैं आफ्नो सर्वस्व दिएँ। मैले सधैं यो जर्सीका लागि मैदानमा लडेँ ताकि तपाईँहरूलाई खुसी दिन सकूँ र अर्जेन्टिनी हुनुमा गर्व महसुस गराउन सकूँ।’

मेसीले नयाँ पुस्ताका खेलाडीलाई मौका दिनुपर्ने बताउँदै थपे, ‘अब समय सकिँदैछ, अध्यायहरू बन्द हुँदैछन्। मैले आफूसँग भएको सबै थोक दिएँ, अब मसँग दिनका लागि केही बाँकी छैन। अब म बाहिरै बसेर तपाईँहरू जस्तै टोलीको समर्थन गर्नेछु।’

 


मेसी अर्जेन्टिनाका लागि सबैभन्दा धेरै गोल गर्ने र सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन्। उनले राष्ट्रिय टोलीका लागि २०३ खेलमा १२४ गोल गरेका छन्। उनले सन् २०२२ मा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि जिताउन ऐतिहासिक नेतृत्व गरेका थिए। त्यसअघि २०२१ मा उनकै कप्तानीमा अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिका जितेको थियो।

यसअघि मेसीले सन् २०१६ मा पनि संन्यासको घोषणा गरेका थिए, तर पछि आफ्नो निर्णय फिर्ता लिँदै टोलीमा फर्किएर विश्वकप जिताएका थिए।

 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ३०० बाढीपीडितलाई काठमाडौंको येलो गुम्बामा राखियो

    १५ भदौ, कामना। रसुवाको स्याफ्रुबेसी टिमुरेबाट उद्धार गरिएका करिब ३ सय बाढीपीडितलाई काठमाडौंको नागार्जुन नगरपालिका-२ स्थित येलो गुम्बामा राखिएको छ ।उक्त क्षेत्रका बाढीपीडितलाई गत शुक्रबारदेखि येलो