१४ भदौ,कामना ।
भोटेकोशी नदीमा फेरि बिहानैदेखि बाढी केही बढेपछि सरोकारवालाहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।यही भदौ १० गते तिब्बततर्फबाट आएको बाढीमा परेकाहरुको खोज तथा उद्धार कार्य चलिरहेका बेला पुनस् बाढी बढेपछि सरोकारवालाहरुले सतर्क रहन भनेका हुन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप केही बढेको सूचना प्राप्त भएकोले रसुवा, नुवाकोट, धादिंङ, चितवनलगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका, तटीय क्षेत्रमा रहेका एवं अन्य सम्बन्धित सबैमा सतर्कता अपनाउनु हुन अनुरोध छ।’ बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा ३ मिटर बढेको छ ।
१५ भदौ, कामना। रसुवाको स्याफ्रुबेसी टिमुरेबाट उद्धार गरिएका करिब ३ सय बाढीपीडितलाई काठमाडौंको नागार्जुन नगरपालिका-२ स्थित येलो गुम्बामा राखिएको छ ।उक्त क्षेत्रका बाढीपीडितलाई गत शुक्रबारदेखि येलो