Logo

शनिवार, भाद्र १३ गते २०८३

तेस्रो दिन पनि घट्यो नेप्से

तेस्रो दिन पनि घट्यो नेप्से


तेस्रो दिन पनि घट्यो नेप्से

९ भदौ, कामना। 


मंगलबार पनि नेप्से परिसूचक घटेको छ। नेप्से ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा बन्द भएको हो। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

सोमबार ३ अर्ब २३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब १० करोड रूपैयाँको कारोबार भएको छ। यसदिन ३५७ वटा धितोपत्रको एक करोड ४४ हजार १६४ कित्ता सेयर किनबेच भएको हो। मंगलबार ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।सर्वोत्तम पेन्ट्सको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५४ रूपैयाँ ७० पैसा पुगेको छ।


यस्तै, क्रेस्ट माइक्रो लाइफको मूल्य १४.९५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार २५३ रूपैयाँ कायम भएको छ।सर्वाधिक मूल्य घट्नेमा धौलागिरी लघुवित्त रहेको छ।उक्त कम्पनीको मूल्य १०.०७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ३४ रूपैयाँ २० पैसामा झरेको छ

यसैगरी, ७५ नबिल डिबेन्चर २०८९ को मूल्य ५.०७ प्रतिशतले घटेर डिबेन्चर मूल्य एक हजार ३० रूपैयाँमा सीमित भएको छ।मंगलबार मकर जितुमाया सुरी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको ४३९ रूपैयाँमा ९० करोड ७ लाख रूपैयाँको कारोबार भएको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा ४.८० प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ  मिल्स रहेको छ। उक्त कम्पनीको दुई हजार ७२७ रूपैयाँमा १७ करोड ७१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। 

 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • गाईजात्रा पर्व के हो ? इतिहास, धार्मिक मान्यता, हास्य–व्यङ्ग्य र सामाजिक महत्व

    -ख्यामकान्त अर्याल  इतिहास, धार्मिक मान्यता, हास्य–व्यङ्ग्य र सामाजिक महत्व हामी नेपालको एक अत्यन्तै अनोखा, सांस्कृतिक र ऐतिहासिक पर्व गाईजात्रा (सापारू) को बारेमा विस्तृत कुराकानी गर्दैछौँ। एकातिर आफन्त