Logo

बुधवार, भाद्र १० गते २०८३

 मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

 मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत


 मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत


८ भदौ,कामना ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्  । सोमबार बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।उनको पक्षमा ५७ मत खसेको छ भने विपक्षमा २२ मत खसेको छ ।
प्रदेशसभा बैठकमा विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदले विश्वासको मत दिएका छन् । नेपाली कांग्रेसका सांसदहरूले भने विपक्षमा मतदान गरे ।

कोशी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन् ।
राप्रपाका सांसदहरू भने तटस्थ बसे । कोशीमा राप्रपाका सभामुख सहित ५ सदस्य छन् । जनता समाजवादी पार्टीकी एकमात्र सांसद निर्मला लिम्बु अनुपस्थित भइन् ।९३ प्रदेश सभासद् रहेकोमा एक जनाले राजीनामा दिएकाले अहिले ९२ सदस्य छन् ।सोमबारको प्रदेशसभा बैठकका ८३ सदस्य उपस्थित थिए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

    १० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी