७ भदौ, कामना ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सर्वसाधारण नागरिकलाई भार पर्ने गरी सरकारले लगाएको करविरुद्ध देशभर अभियान सञ्चालन गर्ने बताएका छन् ।
आइतबार मन्थलीमा आयोजित हस्ताक्षर सङ्कलन अभियान तथा पत्रकार भेटघाटमा उनले भदौ १ गतेदेखि शुरू भएको हस्ताक्षर अभियान एक महिनासम्म सञ्चालन गरी सरकारलाई बुझाउने बताए ।
घिसिङले विद्युतमा मूल्य अभिवृद्धि कर, राइड सेयरिङलगायतमा कर लगाएर सरकारले नागरिकलाई मारमा पारेको आरोप लगाए । विद्युत् खपत बढाउन महसुल घटाउनुपर्नेमा कर लगाएर निरुत्साहित गरिएको उनको भनाइ छ ।
उठाउनुपर्ने बक्यौता नउठाउने र व्यवस्थापन गर्न नसक्दा नेपाल विद्युत् प्राधिकरणको नाफा घट्ने तर त्यसको भार नागरिकमाथि थोपर्ने नीति स्वीकार्य नहुने उनले बताए । खानेपानी र सिँचाइजस्ता अत्यावश्यक सेवामा कर लगाउनु पनि गलत भएको उनको भनाइ छ ।
घिसिङले विद्युत् खपत बढाउन महसुलमा छुट दिनुपर्ने बताउँदै ग्यास र तेल विस्थापन गरी अर्थतन्त्र सुधारमा सहयोग पुग्ने दाबी गरे । सरकारले माग सुनुवाइ नगरे आगामी कदमबारे निर्णय गर्ने उनले चेतावनी दिए ।
१० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी