४ भदौ, कामना ।
नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी असोजका लागि तय भएको १५ औं महाधिवेशन रोक्न माग गर्दै लगेको निवेदनमा सर्वोच्च अदालतले थप अध्ययन गर्ने भएको छ ।
१५औं महाधिवेशनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवण कुमार श्रेष्ठ सर्वोच्च पुगेका थिए । यद्यपि उक्त रिट निवेदन दर्ता नभएको कांग्रेसका एक नेताले जानकारी दिए । उनका अनुसार, थप अध्ययन गर्नुपर्ने भन्दै रिट निवेदन दर्ता नभएको जानकारी सर्वोच्च प्रशासनले गराएको छ ।
यो समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुनरावेदन निवेदनसमेत दिएको थियो । सर्वोच्चले उक्त मुद्दामा पुन:सुनुवाइको आदेश गरिसकेको छ ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण