५ साउन, काठमाडौं ।
बालेन्द्र शाह नेतृत्वको मन्त्रिमण्डल पुनर्गठनको प्रक्रिया अघि बढाइएको छ । पछिल्लो समय जनअसन्तोष बढेको कारण देखाउँदै पार्टी सभापति रवि लामिछानेसँग प्रधानमन्त्रीले केही मन्त्री हेरफेर गर्ने अडान लिएपछि उक्त कार्य अघि बढेको स्रोतको दावी छ ।
अर्को हप्तासम्म मन्त्रिमण्डल हेरफेर हुने सम्भावना अत्यधिक छ । फेरिने मन्त्री र मन्त्रालयबारे एक चरण कुराकानी भएको भनिएको छ । तर, सबै कुरा बाहिरिएको छैन ।
अघिल्लो साता प्रधानमन्त्री शाहले रास्वपाका केही मन्त्री र सांसदहरुको विषयबारे सभापति लामिछानेसँग उनकै निवास बूढानीलकण्ठ पुगेर कुराकानी गरेका थिए ।
सोही क्रममा सभापति लामिछानेले पनि प्रधानमन्त्रीको सचिवालयबारे पूरै असन्तुष्टि जनाएको खबर बाहिरिएको थियो । यसबीचमा विशेषगरी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री कार्यालयमा भएका उच्चस्तरीय भेटघाटमा विभागीय मन्त्रीको उपस्थिति अनिवार्य हुँदाहुँदै पनि सहभागी नगराएपछि अनेक टिकाटिप्पणी भएको थियो ।
शनिबार साँझदेखि सभापति लामिछाने र अर्थमन्त्री तथा उपसभापति वाग्लेबीच धुलिखेलस्थित दुसित थानी हिमालय रिसोर्टमा आवासीय कुराकानी हुनुलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री र सरकारको विरोधमा सांसदहरु उत्रेपछि १५ दिनका लागि संसद बैठकसमेत स्थगित गरिएको अवस्था छ ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण