७ असार, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा हुँदैछ। भरतपुरको गेस्ट हाउस चउरमा दिउँसो १ बजे महाधिवेशनको उद्घाटन हुनेछ।महाधिवेशनका लागि रास्वपा सभापति रवि लामिछाने लगायत पदाधिकारी र प्रतिनिधिहरू केही दिन देखि नै चितवनमा छन्।पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन शाह आइतबार नै भरतपुर पुगेका छन्।
पहिलो महाधिवेशनको उद्घाटन समारोहमा रास्वपाले अन्य दलका शीर्ष नेताहरूलाई निम्ता गरेको थियो। सहभागी हुने नेताहरूले शुभकामना मन्तव्य राख्नेछन्। रास्वपा महाधिवेशनमा पूर्वप्रधानमन्त्रीहरूमध्ये बाबुराम भट्टराई सहभागी हुने भएका छन्।
नेपाली कांग्रेसबाट सभापति गगन थापा जाने भएका छन्।सभापति थापा सहभागी हुने टुंगो कांग्रेसले आइतबार मात्रै लगाएको हो। नेकपा एमालेले पदाधिकारी तहका नेता पनि नपठाउने भएको छ। उक्त दलबाट नेता प्रदीप ज्ञवाली रास्वपा महाधिवेशनमा सहभागी हुने तय भएको छ। ज्ञवाली अहिले केन्द्रीय सदस्य मात्रै छन्।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण