२६ जेठ, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेश अधिवशेन स्थगित गरेको छ । २८ जेठका लागि तय भएको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । २३ र २४ जेठका लागि तोकिएको जिल्ला अधिवेशन समयमा हुन नसकेपछि प्रदेश अधिवेशन रोकिएको हो । मधेशका आठ जिल्लामध्ये हालसम्म पर्साको मात्रै अधिवेशन भएको छ । अन्य जिल्लामा प्रक्रिया सुरु भएपनि नेतृत्व चयनको प्रक्रियामा पुगेपछि विवाद भएर नयाँ समिति गठन हुन सकेको छैन ।
‘स्थगनको निर्णय मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिहरुमा लागु हुनेछ,’ अनुशासन आयोगका प्रमुख केसीले निकालेको विज्ञप्तिमा भनिएको छ ।
रास्वपाको प्रदेश अधिवेशन आजबाट सुरु भएको छ । प्रदेशतर्फ पहिलो अधिवेशन बागमतीबाट सुरु गरिएको छ । कोशीको जेठ २७, गण्डकीको २९, लुम्बिनीको ३०, कर्णालीको ३१ जेठ र सुदूरपश्चिम प्रदेशको अधिवेशन असार १ गतेका लागि तोकिएको छ ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण