Logo

बुधवार, भाद्र १० गते २०८३

रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर खारेज

रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर खारेज


रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर खारेज


काठमाडौँ । 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर खारेज भएको छ । कास्की जिल्ला अदालतले रवि विरुद्धको उक्त कसुर खारेज गर्दै फिर्ता गर्ने आदेश दिएको हो । 

न्यायाधीश हिमलाल बेलबासेको इजलासले रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता गर्ने आदेश दिएको हो । 

सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता भए पनि उनीविरुद्धको सहकारी ठगी सम्बन्धी कसुर भने यथावत् रहनेछ । रविविरुद्ध सुरुमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा नलगाइएको र पीडितहरुले दिएको जाहेरीमा पनि दुई कसुरको आरोप नभएको सर्वोच्चको व्याख्या छ ।

अर्कोतर्फ यो दुई कसुर फिर्ता नभए पीडक र पीडितबीच मिलापत्र हुने तथा बचत फिर्ता हुने प्रक्रिया जटिल हुनसक्ने र दुई कसुर फिर्ता भए पनि न्यायको मूल मर्म पराजित नहुने भन्दै अदालतले रविविरुद्धको यी दुई कसुर फिर्ता गर्ने आदेश दिएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण