काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ‘बिरामी’ परेका छन् । लामिछानेलाई भाइरल ज्वरो आएको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।
“उहाँ ९रवि लामिछाने०लाई भाइरल ज्वरो छ । दौडधुप र प्रेसरको कारणले होला,” आचार्यले बाह्रखरीसित भने, “पुरानो खुट्टाको घाउले होइन । खुट्टाको घाउ निको हुँदै छ ।”
आचार्यका अनुसार, लामिछाने अस्पताल भर्ना भएका छैनन् । उनी काठमाडौंको बूढानीलकण्ठस्थित निवासमा आराम गरेर बसिरहेका छन् ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण