Logo

बुधवार, भाद्र ३१ गते २०८३

प्रहरी निरीक्षक देवराज काफ्लेले बनाए गल्कोटमा दुर्गा भगवतीको मन्दिर

प्रहरी निरीक्षक देवराज काफ्लेले बनाए गल्कोटमा दुर्गा भगवतीको मन्दिर


प्रहरी निरीक्षक देवराज काफ्लेले बनाए गल्कोटमा दुर्गा भगवतीको मन्दिर

प्रहरी निरीक्षक देवराज काफ्लेले इलाका प्रहरी कार्यालय गलकोट नगरपालिका वडा नम्बर ५ मा दुर्गा भगवतीको ,मन्दिर निर्माण गरेका छन् । उनि गल्कोट इलाका प्रहरी प्रमुख पनि हुन् ,उनि जहा कार्यरत हुन्छन त्यस ठाउमा उनले केहि न केहि गरेकै हुन्छन चाहे विपद व्यवस्थापनमा होस् या कुनै तस्कर लाइ कारबाही गर्न होस् उनि उत्कृष्ट नै हुन्छन, उनी प्रहरी कर्मचारीमा सर्बोत्कृष्ट भएर धेरै पटक पुरस्कृत पनि भैसकेका छन् । 

हिजो मात्रै इलाका प्रहरी कार्यालय गलकोट नगरपालिका वडा नम्वर ५ हरिचौरमा नवनिर्मित दुर्गा भगवती मन्दिरको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । मन्दिर इलाका प्रहरी कार्यालय गलकोट र आम जनसहयोग संयुक्त लगानीमा निर्माण भएको हो । 

नवनिर्मित दुर्गा भगवती मन्दिरको जिल्ला अदालत बागलुङका न्यायाधिस रमेशकान्त अधिकारीले उद्घाटन गरेका थिए  । 

मन्दिरको उद्घाटन पछि बोल्दै जिल्ला अदालत बागलुङका न्यायाधिस रमेशकान्त अधिकारीले मन्दिर निर्माणले सामाजिक, साँस्कृतिक तथा धार्मिक भावनाको संरक्षणमा ठूलो योगदान पुयाउने उल्लेख गरेका थिए  । उहाँले धार्मिक स्थलले समाजलाई एकताको भावना जोगाउने मात्र नभई आस्था र विश्वासलाई मजबुत बनाउन पनि सहयोग गर्ने बताएका छन् ।

अधिकारीले प्रहरी कार्यालयमै मन्दिर निर्माण हुनु भनेको सुरक्षा निकाय र समाजबिचको सम्बन्धलाई अझ आत्मिय बनाउन खोजिएको महत्वपूर्ण पहल भएको बताउँदै धर्मले दिने नैतिक शक्ति र सुरक्षाकर्मीको प्रतिवद्धता मिलेर समाजमा शान्ति सुरक्षाको वातावरणलाई मजबुत बनाउन ठुलो योगदान पुयाउने बताएका थिए  । 

त्यस्तै गलकोट नगरपालिकाका कार्यवाहक नगरप्रमुख फमलाल निउरेले मन्दिर निर्माण कार्यमा सहयोग गर्ने सम्पूणलाई धन्यवाद ज्ञापन गर्दै मन्दिर केवल धार्मिक स्थल मात्र नभई पहिचान र साँस्कृतिक धरोहरको प्रतिक भएको बताउनुभएको थियो ।उहाँले यहाँबाट उत्पन्न हुने सकारात्मक उर्जा र धार्मिक भावनाले नगरमा आपसी मेलमिलाप, सद्भाव र सुरक्षा कायम गर्न मद्दत पुग्ने बताउनुभएको थियो । निउरेले शान्ति र सुरक्षा कायम भएपछि मात्र दिगो विकास सम्भव हुने बताउँदै आगामी दिनमा पनि नगरपालिकाले धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षणसंगै सुरक्षित, समावेशी र सभ्य समाज निर्माणलाई प्राथमिकता दिने बताएका  थिए  ।  

WhatsApp Image 2025-08-29 at 18.14.41_91724d9d.jpg

कार्यक्रमको अवसरमा दुर्गा भगवती मन्दिर निर्माणमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । त्यस्तै उक्त कार्यक्रममा जनवादी गायक जीवन शर्माको साँगितिक प्रस्तुती रहेको थियो । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका गलकोट नगर अध्यक्ष टंक बहादुर केसी, गलकोट नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष राम प्रसाद कडेँल, गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष ढालिन्द्र प्रसाद गौतम, सहिद थिरबम मल्ल फाउण्डेसनका अध्यक्ष मञ्जेश बम मल्लले शुभकामना मन्तव्य राखेका थिए  ।

कार्यक्रम इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक देवराज काफ्लेको अध्यक्षता,सम्पन्न भएको हो उपस्थित सम्पुर्णलाइ धन्यवाद दिदै कार्यक्रमका अध्यक्ष देवराज काफ्लेले नव निर्मित दुर्गा भवानी को मन्दिर नितान्त आम जनसमुदाय र प्रहरी बिचको एउटा मायाको प्रतिक रहेको वताए प्रहरी र जनसमुदाय मिलेर जे पनि गर्न सकिने यो  एउटा ज्वलन्त उदाहरण दुर्गा देबीको मन्दिर हो प्रत्येक इलाका ,जिल्ला, प्रदेश , लगायत देशैभरी यस्ता मन्दिर भवनहरु क आवश्यक हुन्छ त्यो गर्न सकिन्छ हामीले चाहनुपर्यो हामीले एउटा नमुना तथा सराहनीय कार्य गरेका छौ  । हजुरहरुको साथ् बिना यो कार्य असमर्थ थियो मैले आम जनसमुदायलाइ हृदय देखि सम्मान गर्दछु अध्यक्ष तथा प्रहरी निरिक्षक काफ्लेले भने ।    

सहायक प्रहरी नायव निरीक्षक मन बहादुर कार्कीको स्वागत र प्रहरी नायव निरीक्षक विष्णु प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 
 नवनिर्मित दुर्गा भगवतीको  मन्दिरले गल्कोट नगरपालिका वडा नम्बर ५ निवासीहरु नजिकिएको बडा दशैमा दुर्गा भगवतीको दर्शन गर्नको लागी श्रदालु भक्तजनहरुको लागी सुबिधा हुने देखिन्छ ।

WhatsApp Image 2025-08-29 at 18.14.41_46cc0c42.jpg

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३