काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धन सहज ढंगले अघि नबढेको बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले कार्यक्रममा गठबन्धनमा आफूहरुले सहज नमानीरहेको बताएका थिए ।“गठबन्धनमा हामीले सहज मानेका छैनौँ । त्यसो गर्दा सधैं टिक्यो भने ठिकै हुन्छ, कतिन्जेल टिक्छ भन्न सकिँदैन,” उनले भने, “हामी कसैका गाली गलौज सुन्न राजनीतिमा आएका होइनौँ । कसैका दास बन्दैनौँ ।”
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका थिए ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण