Logo

बुधवार, भाद्र १० गते २०८३

कांग्रेसलाई पुनर्जीवन दिन तल्लो तहसम्म जान्छौँ : गगन थापा

कांग्रेसलाई पुनर्जीवन दिन तल्लो तहसम्म जान्छौँ : गगन थापा


कांग्रेसलाई पुनर्जीवन दिन तल्लो तहसम्म जान्छौँ : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्जीवनका लागि आफूहरू तल्लो तहसम्म जाने बताएका छन् । पछिल्लो समय कांग्रेसप्रति युवापुस्ताको निराशा बढ्दै गएको पाइएकाले अब सुधारको अभियान सञ्चालन गरिने उनले बताए ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, “पार्टी विधानानुसार धेरै अधिकार सभापतिमै निहित छ । अब उहाँले नै केन्द्रीय समितिको बैठक बोलाएर गठन गर्न बाँकी रहेका विभाग आदिलाई पूर्णता दिनुपर्छ ।”

आफूहरूप्रति अपेक्षा बढ्नु स्वभाविक भएको भन्दै उनले कांग्रेसको विधानले महासचिवले गर्ने कार्य निश्चित तोकेको र सोभन्दा पर गई केही गर्न नसकिने सुनाए ।“धेरै अधिकार त सभापतिमा नै हुन्छ, तर हामी सभापतिले काम गर्नु भएन भनेर टुलुटुल बस्ने होइन, कांग्रेस रूपान्तरणको लागि तल कार्यकर्तापंक्तिमा पुग्छौँ,” उनले भने ।

भारतले सांस्कृतिक नक्सा संसद् भवनमा राखेको प्रसंगमा महामन्त्री थापाले नेपालको इतिहास र विगतको सांस्कृतिक नक्साबारे सबै नेपाली जानकार रहेको बताए ।उनले भने, “हाम्रो सांस्कृतिक नक्साको बारेमा हामी पनि जानकार छौँ । अरूलाई पनि यो थाहा छ ।”

धेरै निराश हुनुभन्दा सम्भावना पहिल्याएर देश विकासमा अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण