काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा रिट परेको छ । लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध आज अदालतमा रिट परेको हो।
सो निर्णयविरुद्ध युवराज सफलले रिट दायर गरेका हुन् । रिट दर्ता हुने प्रक्रियामा छ । आज दर्ता भएकाे रिटको सुनुवाई भोलि हुने सर्वाेच्च स्रोतले जनाएको छ ।
युवराजले हिजो लयाएको रिटलाई सच्याएर आज फेरि दर्ता गर्न ल्याएका हुन् ।महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए। चैत ६ गते भएको सो निर्णयविरुद्ध रिट दायर परेको हो ।
लामिछानेले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ मा उम्मेदवारी दर्ता गराएका छन् ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण