Logo

बुधवार, भाद्र ३१ गते २०८३

बिहानैदेखि वाग्मती प्रदेशमा बदली, दिउँसो मेघगर्जनसहित पानी पर्ने

बिहानैदेखि वाग्मती प्रदेशमा बदली, दिउँसो मेघगर्जनसहित पानी पर्ने


बिहानैदेखि वाग्मती प्रदेशमा बदली, दिउँसो मेघगर्जनसहित पानी पर्ने

काठमाडौं । वाग्मतीसहित केही प्रदेशमा आज मेघगर्जनसहित पानी पर्ने भएको छ । आज बिहानैदेखि वाग्मतीसहित मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का  वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यूनचापीय प्रणालीको  संयुक्त प्रभाव रहेको विभागले जनाएको छ ।

कामना न्यूज

  • सोमवार, बैशाख २६ २०७९०६:०९:५१
सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३