Logo

बुधवार, भाद्र ३१ गते २०८३

त्रि-चन्द्र क्याम्पसमा ग्रीन हाइड्रोजन उत्पादन सम्बन्धी 'इनसेप्सन वर्कसप' सम्पन्न

त्रि-चन्द्र क्याम्पसमा ग्रीन हाइड्रोजन उत्पादन सम्बन्धी 'इनसेप्सन वर्कसप' सम्पन्न


त्रि-चन्द्र क्याम्पसमा ग्रीन हाइड्रोजन उत्पादन सम्बन्धी 'इनसेप्सन वर्कसप' सम्पन्न

बैशाख २४, त्रि-चन्द्र बहुमुखी क्याम्पसको रसायन शास्त्र (Chemistry) विभागको आयोजनामा "नेपालमा दिगो ग्रीन हाइड्रोजन उत्पादनका लागि TMDCs को मौलिक्युलर इन्जिनियरिङ दृष्टिकोण" (Molecular Engineering Approach to TMDCs for Sustainable Green Hydrogen Production in Nepal) विषयक एक दिवसीय 'इनसेप्सन वर्कसप' सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय, अनुसन्धान निर्देशनालय, शिक्षाध्यक्षको कार्यालय अन्तर्गतको अनुसन्धान समन्वय तथा विकास परिषद् (RCDC) को राष्ट्रिय प्राथमिकता प्राप्त अनुसन्धान परियोजना द्वारा सहयोग प्राप्त 'इमर्जिङ फ्याकल्टी रिसर्च ग्रान्ट' (EFRG) अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो।

54f52785-bb1b-4937-b535-ae68c7fbea88.jpeg कार्यक्रम त्रि-चन्द्र बहुमुखी क्याम्पसका प्रा. डा. सुरेन्द्र कुमार गौतमको सञ्चालन र क्याम्पस प्रमुख प्रा. डा. नीलम श्रेष्ठ प्रधानको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा RCDC का निर्देशक प्रा. डा. ईश्वर कोइरालाले अनुसन्धानको महत्व र विश्वविद्यालयको प्राथमिकताका बारेमा प्रकाश पार्नुभयो। विशिष्ट विज्ञका रूपमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) का निर्देशक एवं ऊर्जा विज्ञ डा. मुकेश घिमिरेले नेपालको ऊर्जा सुरक्षा र भविष्यको 'ग्रीन हाइड्रोजन' रोडम्यापमा यस अनुसन्धानले पुर्याउन सक्ने योगदानबारे चर्चा गर्नुभयो। त्यस्तै, केन्द्रीय रसायनशास्त्र विभागका पूर्व प्रमुख एवं वरिष्ठ रसायनविद् प्रा. डा. जगदिश भट्टराईले इलेक्ट्रोकेमेस्ट्री र मटेरिअल साइन्सका प्राविधिक पक्षहरूमा आफ्नो धारणा राख्नुभएको थियो। यस अनुसन्धान परियोजनाले TMDCs (Transition Metal Dichalcogenides) जस्ता अत्याधुनिक सामग्रीहरूलाई प्रयोग गरी पानीबाट हाइड्रोजन छुट्याउने प्रक्रियालाई थप प्रभावकारी र कम खर्चिलो बनाउने लक्ष्य राखेको छ। नेपाल जस्तो जलस्रोतमा धनी देशका लागि 'ग्रीन हाइड्रोजन' ऊर्जाको एक बलियो विकल्प बन्न सक्ने विश्वास वैज्ञानिकहरूको छ। कार्यक्रममा भौतिकशास्त्र विभागका प्रा. डा. गोपिचंद्र काफ्लेले मटेरिअल साइंसको अध्ययन अनुसन्धानमार्फत देशको समृद्धिको बाटो तय हुने कुरामा प्रकाश पार्नुभयो। त्रि-चन्द्र क्याम्पसका रसायन शास्त्र विभाग प्रमुख प्रा. डा. अशोक कुमार सिंह, अनुसन्धान व्यवस्थापन इकाई (RMC) का संयोजक डा. दयानिधि छतकुली, RCDC-TU का डा. इन्द्र बहादुर भण्डारी लगायत विभिन्न विभागका प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। RCDC-TU द्वारा सहयोग प्राप्त 'इमर्जिङ फ्याकल्टी रिसर्च ग्रान्ट' (EFRG) अन्तर्गतको यस परियोजनामा डा. डासुराम पौडेल मूख्य अनुसंधानकर्ता (Principal Investigator), प्रा. डा. सुरेन्द्र कुमार गौतम सह-अनुसंधानकर्ता (Co-Investigator) रहनुभएको छ। कार्यक्रममा यस परियोजनाको बिस्त्रित प्रस्तुतिकरण डा. डासुराम पौडेल, पिएचडि सोधार्थि सचिन थापा र स्नातकोत्तर अध्ययनरत सोधार्थि अनिमा कुमारि राजबंशिले गर्नुभएको थियो। डा. पौडेलले आफुले बिदेशमा अध्ययनको क्रममा सिकेको ग्रीन हाइड्रोजनको उत्पादन र प्रविधिसम्बंधित ज्ञान र सिप नेपालमा उपयोग गर्न पाउदा हर्षित र उत्साहित रहेको जानकारि गराउनु भएको थियो। कार्यक्रमको समापन गर्दै साहायक क्याम्पस प्रमुख डा. सरीता मानंधरले यस्ता अनुसन्धानमूलक कार्यक्रमले त्रि-चन्द्र क्याम्पसको प्राज्ञिक गरिमालाई अझ उच्च बनाउने र राष्ट्रिय आवश्यकताका क्षेत्रमा वैज्ञानिकहरू केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३