१ ) तपाईको सांगीतिक शुरुवात बारेका केही भन्दिनु होला?
म व्यवसाहिक रुपमा २०६१ सालबाट निरन्तर अगााडि बढेको हुँ । जुन साल नेपालकै पहिलो पपुलर रियालिटी शो नेपाली तारा भएको थियो र म सेकेन्ड रनरपको उपाधि प्राप्त गर्न सफल भएको थिए ।
२) संगीतमा रुची कहिले देखी भयो ?
शुरुमा चलचित हेर्ने र विभिन्न रेडियो नेपालमा प्रशारित गित सुन्ने गर्थे, त्यही प्रभावले आफुले गुनगुनाउने गर्थे र साथीभाई वीच प्रशंसा पाँउदै गएपछि स्कुलका विभिन्न प्रतियोगितामा भाग लिने क्रम बढयो र आफुले संगीतमा केही गर्नुपछ भन्ने भाव विस्तार हुदै गयो ।
३ सांगीतिक दौरानमा गरेका दुःख र सुखका कथालाई कसरी सम्इानुहुन्छ ?
संगीतमै केही गर्ने उदेश्यका साथ जव रत्न राज्य कलेजमा अध्ययन शुरु गरे त्यहाँबाट नै संगीतको मुल्य थाहा भएको ठान्दछु र उद्देश्य प्राप्तिको लागी दुःख त पक्कै गर्नुपर्छ त्यो हो निरन्तरमा ,काम प्रति इमान्दारिता र लगन तथा मिहेनेत यो मैले कायम नै राखे यसलाई म दुःख भन्दा नि आफनो रुचीले दौडाएको सुखद यात्रा भन्न रुचाउँछु । स्टुडियो धाउने तथा संगीतकारहरुलाई भेट्ने क्रम हुदै गयो र अन्तिममा नेपाली तारा कार्यक्रमले पक्कै पनि सहज गर्यो । र पछि विभिन्न एल्वम र विस्तारै पाएको सफलताले खुशी त पक्कै दिलायो र सांगितिक छेत्रमा दर्शक स्रोताको माया/प्रेमले पनि हौसला दिलायो ।
४ ) अहिलेसम्म कति गित तथा कस्तो शैलीका बढी गाउनु भयो ?
मैले लगभग ४०० भन्दा बढी गीतहरु गाइसकेको छु र त्यसमा विभिन्न आधुनिक एल्वम जस्तै गुँरास,उमंग ,उल्लास ,सानु र लवगुरु छन भने केही चलचित्र र लोकशैली ,पपशैली समाजीक तथा राष्ट्रिय गीतहरु गाइसकेको छु ।
५ ) चर्चित गीतहरुलाई कुन कुन गीतलाई मान्नुहुन्छ वा मन परेको आफनै गीत बारे केही भनिदिनु होला ?
अब दर्शक श्रोताले मन पराएका गीत नै हुन चर्तित गीत जस्तै (सानुमाया)सपनी राम्रो देखीन , मेरो बोली सुन्दा चोखो माया लाकै हो । वाचा त गरे अब रुन्न भनेर, यो जुनीमा,बनकी चरी (प्रसाद ),फेसबुकैले बिचल्ली पान्र्यो लगायतका छन् । खाशमा राम्रा गीत कैले काही विभिन्न कारणले चर्चित नहुन पनि सक्छ र मलाई आफना गीत आफुले स्वर भरेका गीत सबै मन पर्छन् ।
६) तपाईले पाउनु भएका अवार्ड र सम्मानका बारेमा पनि प्रस्ट्याइदिनु ?
सबभन्दा ठूलो अवार्ड र सम्मान त दर्शक र श्रोताको मायानै हो जुन आफनो कर्म सार्थक भएको लाग्छ । तर पनि विभिन्न ठाँउबाट प्रदान गरिने पुरस्कारले पक्कै थप उर्जा प्रदान गर्दछ । मैले पाएका केही अवार्डमा कान्तिपुर नेशनल अवार्ड ,विन्दवासीनी म्यूजीक अवार्ड, कालिका म्युजिक अवार्ड, young minds entertainment award तथा राष्टिृय प्रतिभा पुरस्कार अन्तर्गत श्रेतिय प्रतिभा पुरस्कार तथा देश र विदेशबाट विभिन्न सम्मान छन् ।
७) भावि योजना बारे खुलाइदिनुस ?
भावि योजना सांंगीतिक गतिविधि वढाउने र COVID को समयमा बाकि रहेका कामहरुलाई निरन्तरता गदै जाने,सोलो सांगीतिक album को तयारी जसमा बि.बि थापाको शब्द र मनोज चौलागाइको संगीत रहेको छ, साथै कलेक्सन album को विभिन्न गित श्रोता माज पस्किने र अन्तमा श्रोताको माया सधैभर अपेक्षा गर्दछु ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३