Logo

बुधवार, भाद्र १० गते २०८३

चुनावपछिको सरकार पनि कांग्रेसकै नेतृत्वमा : गगन थापा

चुनावपछिको सरकार पनि कांग्रेसकै नेतृत्वमा : गगन थापा


चुनावपछिको सरकार पनि कांग्रेसकै नेतृत्वमा : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिष्टले सत्ता चलाउन नसक्ने भएकाले चुनावपछिको सरकार पनि कांग्रेस नेतृत्वको हुने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियनको ८ औं महाधिवेशनको उद्घाटन गर्दै उनले अब हुने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गर्दै सरकारको नेतृत्व गर्ने बताएका हुन्।

‘तत्कालीन नेकपाले सरकार चलाउन नसकेपछि कांग्रेस सत्तामा आउनुपरेको हो,’ उनले भने, ‘विधि र थितिका लागि सरकारको जिम्मेवारी लिएका हौं ।’ उनले अब सरकारमा कांग्रेसको विकल्प नभएको दाबी गरे ।‘अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ अनि सरकार चलाउँछ,’ थापाले भने, ‘यसअघि पनि कांग्रेसले चाहेर सत्तामा आएको हैन, नेकपाले नसकेपछि बाध्य बनेको हो ।’ उनले नेकपाले कांग्रेस सभापतिलाई सम्हालिदिनुपर्यो भनेर तत्कालीन नेकपाका शीर्ष नेताले भनेपछि सत्ता हातमा लिएको दाबी गरे ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण