Logo

मंगलवार, आश्विन ६ गते २०८३

सेयर बजारमा दोहोरो अंकको गिरावट, २८०० विन्दुमा नेप्से

सेयर बजारमा दोहोरो अंकको गिरावट, २८०० विन्दुमा नेप्से


सेयर बजारमा दोहोरो अंकको गिरावट, २८०० विन्दुमा नेप्से

काठमाडौं । सेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आयो । बजार परिसूचक नेप्से १६.९७ अंकले झरेर २८ सय १ दशमलव १३ विन्दुमा आइपुग्यो ।

यस दिन नेप्से झरेर २७ सय ९४ विन्दुमा आएको थियो । पछि नेप्से केही सच्चिँदै २८ सय १ विन्दुमा थामिएको हो।

लघुवित्त र विकास बैंक उपसमूहबाहेक अरु कारोबार भएका सबै उपसमूहमा गिरावट आयो । निर्जिवन बिमा उपसमूह सबैभन्दा उच्च १४४.७७ अंकले ओर्लिँदा उत्पादनमूलक उपसमूह पनि १३३ दशमलव ०८ विन्दुले झर्‍यो ।यस दिन २२२ कम्पनीको १ करोड १६ लाख बराबर कित्ता सेयर ४ अर्ब ५८ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन ११६ कम्पनीका सेयरधनीले गुमाए । ५४ कम्पनीका सेयरधनीले कमाए भने १२ कम्पनीको सेयर मूल्य यथावत् रह्यो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३