Logo

बुधवार, भाद्र १० गते २०८३

कांग्रेसले सरकारको दाबी गरेर निर्वाचन गराउनु पर्छः गगन थापा

कांग्रेसले सरकारको दाबी गरेर निर्वाचन गराउनु पर्छः गगन थापा


कांग्रेसले सरकारको दाबी गरेर निर्वाचन गराउनु पर्छः गगन थापा

वालिङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अब कांग्रेसले सरकारको दाबी गरेर देशलाई निर्वाचनमा लैजानुपर्ने बताएका छन्।

वर्तमान सरकारले देशलाई निकास दिनुको सट्टा झनै विनाशतर्फ मोडेकाले अब कांग्रेसको नेतृत्वमा सरकार गठन गरी देशलाई निकास दिनुपर्ने बेला आएको थापाले बताए।

नेपाल तरुण दल भीरकोट नगर कार्यसमितिद्वारा बिहीबार स्याङ्जाको बयरघारीमा आयोजित आमसभामा उनले जब मुलुकमा अप्ठ्यारो स्थिति आइपर्छ त्यतिबेला कांग्रेसले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको इतिहास रहेको बताउँदै अब पनि देशलाई निकास दिन कांग्रेसले जिम्मेवारी लिनुको विकल्प नभएको धारणा व्यक्त गरे।

उनले भने, ‘स्थिर सरकारको कल्पना गरी नेकपालाई जनताले पाँच वर्षको अवधिका लागि चुनेर पठाएका थिए,’ थापाले भने, ‘जुन अपेक्षा जनताले यो सरकारबाट गरेका थिए त्यो पूरा हुनसक्ने अवस्था नै रहेन। बरु विकासभन्दा पनि विनाशतर्फ लैजाने प्रयास भयो, यसलाई अब हामीले रोक्नुपर्ने बेला आएको छ।’

सभामा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले कम्युनिष्टसँग नेपाली कांग्रेसले सहकार्य गर्न नहुने धारणा राखे।

रासस

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण