Logo

बुधवार, भाद्र ३१ गते २०८३

बाहिरियो ट्रम्पको एक घन्टा लामो फोन वार्ता- जर्जियामा मलाई ११ हजार ७८० भोट चाहियो

बाहिरियो ट्रम्पको एक घन्टा लामो फोन वार्ता- जर्जियामा मलाई ११ हजार ७८० भोट चाहियो


बाहिरियो ट्रम्पको एक घन्टा लामो फोन वार्ता- जर्जियामा मलाई ११ हजार ७८० भोट चाहियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्वर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा जर्जिया राज्यको मतपरिणामलाई प्रभाव पार्न अन्तिम समयसम्म पनि प्रयास गरेको खुलेको छ।

वासिङ्टन पोष्ट समाचार पत्रले ट्रम्पले गत शनिबार जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जरलाई गरेको एक घन्टा लामो फोन वार्ता सार्वजनिक गरेको छ। 

उक्त फोन वार्तामा ट्रम्पले ब्राडलाई आफूले जम्मा ११ हजार ७ सय ८० मत चाहेको बताएका छन्।  जर्जिया  यसअघि रिपब्लिकनहरूले जित्दै आएको राज्य हो। सन् १९९२ पछि यसपालि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले पहिलो पटक उक्त राज्यको मत परिणाम आफ्नो पक्षमा पार्न सफल भएका छन्। उनले २४ लाख ७३ हजार ६ सय ३३ मत पाएका छन् भने ट्रम्पले  २४ लाख ६१ हजार ८ सय ५४ मत ल्याएका छन्। ११ हजार ७ सय ८० मत थपेर ट्रम्प बाइडेनको भन्दा आफ्नो एक मत बढी बनाउन चाहन्छन्। 

जर्जियामा १६ इलेक्टोरल कलेज भोट छन्। नोभेम्बर ३ को निर्वाचनबाट बाइडेनले ३०६ इलेक्टोरल कलेज भोट पाएका छन् भने ट्रम्पले २३२ भोट पाएका छन्। 

फोन वार्ताका क्रममा रिपब्लिकन पार्टीका नेतासमेत रहेका राफेन्सपर्जरले ट्रम्पलाई सम्झाउन खोज्छन्। उनले  ट्रम्पलाई 'मिस्टर प्रेसिडेन्ट, तपाईंसँग भएको तथ्यांक सही छैन' भन्दा ट्रम्पले घरि थर्काउने, घरि धम्क्याउने र घरि अनुनय-विनय गरेको वासिङ्टन पोष्टले उल्लेख गरेको छ। 

'जर्जियाका मानिस रिसाएका छन्, देशभरिका मानिस रिसाएका छन्,' फोनमा ट्रम्प भन्छन्, 'तपाईंलाई थाहा छ, फेरि मतगणना गरें भन्दा केही गलत हुँदैन।'

उनले आफूले लाखौं भोट ल्याएकाले जर्जियामा हार्न नचाहेको कुरा पटक-पटक दोहोर्‍याएका छन्। 

ट्रम्प र  राफेन्सपर्जरबीचको फोन वार्ताबारे दुबै पक्षले  प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। डेमोक्र्याटिक पार्टीका नेताहरूले भने ट्रम्पले ह्वाइट हाउसमा बसेर पद र शक्तिको दुरूपयोग गरेकाले उनीविरूद्ध अनुसन्धान हुनु पर्ने माग गरेका छन्।

अमेरिकाका सबै राज्यहरूले राष्ट्रपति चुनावको अन्तिम परिणाम पठाइसकेका छन्। बुधबार राष्ट्रपति चुनावको अन्तिम परिणाम सार्वजनिक हुँदैछ। 

राष्ट्रपति निर्वाचित बाइडेनले २० जनवरीमा सपथ लिनेछन्। 

ट्रम्पले सुरूदेखि नै चुनावमा धाँधली भएर आफूले हारेको दाबी गर्दै आएका छन्। उनको अभियानले विभिन्न राज्यका अदालतमा धाँधली भएको भन्दै हालेका मुद्दाहरू खारेज भएका छन्।

-एजेन्सी

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३