Logo

बुधवार, भाद्र १० गते २०८३

प्रेम आले, गणेश ठगुन्ना, प्रभु साह, टोपबहादुर रायमाझी बन्दैछन् मन्त्री

प्रेम आले, गणेश ठगुन्ना, प्रभु साह, टोपबहादुर रायमाझी बन्दैछन् मन्त्री


प्रेम आले, गणेश ठगुन्ना, प्रभु साह, टोपबहादुर रायमाझी बन्दैछन् मन्त्री

काठमाडौं । नेकपा (ओली) समूहका सातजना नेतालाई मन्त्री पदको शपथ ग्रहण गराइँदैछ । उनीहरुलाई सात बजे शपथका लागि बोलाइएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

नेकपा ओली समूहका प्रदेश एकका संयोजक सुवास नेम्वाङले दिएको जानकारीअनुसार डोटीका प्रेम आले, दार्चुलाका गणेश ठगुन्ना, रौतहटका प्रभु साह र अर्घाखाँचीका टोपबहादुर रायमाझी नवनियुक्त मन्त्रीको शपथ लिँदैछन् । मणि थापालाई पर्यटमन्त्री बनाइँदैछ भने रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइने तयारी छ ।
बाँकी दुई मन्त्रालयमा को को लैजाने भन्नेबारेमा जानकारी गराइएको छैन ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण