Logo

बुधवार, भाद्र १० गते २०८३

मन्त्रिपरिषद् बैठक जारी, कुलमान र बामदेवबारे के होला निर्णय ?

मन्त्रिपरिषद् बैठक जारी, कुलमान र बामदेवबारे के होला निर्णय ?


मन्त्रिपरिषद् बैठक जारी, कुलमान र बामदेवबारे के होला निर्णय ?

काठमाडौं-मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री प्रेस सल्लाहाकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक साँझ साढे ६ बजेपछि शुरु भएको जानकारी दिएका हुन्। उनले यो नियमति बैठक भनेका छन्।
सोमबारको मन्त्रिपरिषद् बैठकमा नेकपा सचिवालयले हालै गरेको निर्णय कार्यान्वयनका लागि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस र विद्युत प्राधिकरणमा प्रमुख कार्यकारी नियुक्तिबारे कुनै निर्णय होला त भन्ने सबैतिर चासो छ।

घिसिंगले आफ्नो चार वर्षे कार्यकाल पूरा गरी आइतबार नै विद्युत प्राधिकरणबाट विदा लिइसकेका छन्। तर, उनलाई फेरि सोही पदमा नियुक्ति गर्नुपर्ने जन दबाब भने चर्को छ।

सोमबार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले घिसिंगलाई सरकारले फेरि विद्युत प्राधिकरणको प्रमुख कार्यकारीमा नियुक्ति गर्नेमा आफू आशावादी रहेको भन्दै ट्वीट गरेका थिए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण