Logo

मंगलवार, आश्विन ६ गते २०८३

एकैदिन ३ बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

एकैदिन ३ बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ


एकैदिन ३ बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

काठमाडौँ ।  एकैदिन ३ बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

गुरुङले ११/११ वर्षीय २ जना र ९ वर्षीया १ बालिकालाई कोही नबस्ने गरेको १ घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।

उनले भने, ‘गुरुङले गत ६ गते ३ जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो।’

सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबार मात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ।

पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ। ११ र ९ वर्षकी बालिका एउटै परिवारको रहेको प्रहरीले जनाएको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका