Logo

मंगलवार, आश्विन ६ गते २०८३

ललितपुरकोमा महिलाको शव फेला, आफन्त पर्ने युवा नै पक्राउ

ललितपुरकोमा महिलाको शव फेला, आफन्त पर्ने युवा नै पक्राउ


ललितपुरकोमा महिलाको शव फेला, आफन्त पर्ने युवा नै पक्राउ

काठमाडौँ  । ललितपुरको लेलेमा एक महिलाको शव फेला परेको छ। शुक्रबार बेलुका प्रहरीले लेलेमा फेला पारेको शवको पहिचान शनिबार भएको ललितपुर प्रहरी परिसरले जनाएको छ।

भदौ १७ गते कार्यालय जान्छु भनेर निस्केकी ललितपुर–२२ की बासिन्दा ३९ वर्षे गीता केसीको शव लेलेमा ३ दिनपछि फेला परेको डिएसपी सन्तोष तामाङ्गले जानकारी दिएका छन्।

अल्का अस्पतालमा हाउस किपिङ्गको काम गर्ने केसीको घाँटीमा डाम रहेकाले घाँटी थिचेर हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका नजिकका आफन्त पर्ने युवालाई पक्राउ गरेको छ। शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका