Logo

मंगलवार, भाद्र १६ गते २०८३

सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध


सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। 

सडक भन्दा माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा आज विहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो। अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो हटाएर राजमार्ग सुचारु गराउन डेढ घण्टा लाग्ने  कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन्। 

“सुख्खा पहिरोले राजमार्गमा ठूला ठूला ढुङ्गा खसेका छन् । यसलाई हटाउने प्रयास भइरहेको छ,” उनले भने। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ३०० बाढीपीडितलाई काठमाडौंको येलो गुम्बामा राखियो

    १५ भदौ, कामना। रसुवाको स्याफ्रुबेसी टिमुरेबाट उद्धार गरिएका करिब ३ सय बाढीपीडितलाई काठमाडौंको नागार्जुन नगरपालिका-२ स्थित येलो गुम्बामा राखिएको छ ।उक्त क्षेत्रका बाढीपीडितलाई गत शुक्रबारदेखि येलो