१ मंसिर, कामना ।
प्रधानमन्त्री वालेन्द्र (बालेन) साह आगामी मंसिर ६ र ७ गते दुईदिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन्। भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री मोदीसँग करिब ३० मिनेट एक्लाएक्लै (वान–टु–वान) वार्ता गर्नेछन्। उक्त भेटवार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा औपचारिक छलफल हुनेछ।
भ्रमणका क्रममा नेपालले भारतसँग आर्थिक सहयोग, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार तथा भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि थप हवाई प्रवेशमार्ग (एयर रुट) उपलब्ध गराउने विषयलाई मुख्य प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।यसपटकको भ्रमणलाई प्रधानमन्त्री साहले निकै छोटो र औपचारिक भेटघाटमा मात्र सीमित राख्ने तयारी गरेका छन्। मंसिर ६ गते दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गरी उनी भोलिपल्ट मंसिर ७ गते अपराह्न स्वदेश फर्कने तालिका रहेको छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ