Logo

बिहिवार, कार्तिक २७ गते २०८३

अ

काठमाडौँ उपत्यकामा असिनासहित  वर्षा

काठमाडौँ उपत्यकामा असिनासहित  वर्षा


काठमाडौँ उपत्यकामा असिनासहित  वर्षा

२५ कर्तिक , कामना ।

भाइटीकाका दिन आज काठमाडौँ उपत्यकामा असिनासहित वर्षा भएको छ। भाइटीका लगाउन तथा टीका थाप्न आफन्तकोमा जाने तयारीमा रहेका सर्वसाधारण वर्षाका कारण प्रभावित भएका छन्। दिउँसो अचानक भएको भारी वर्षा र असिनाका कारण काठमाडौँ उपत्यकाको मौसम एकाएक चिसिएको छ। असिना पानीले सडक तथा पैदल मार्गहरू जलमग्न बनेका थिए।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विभागले बुधबार दिउँसो बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको थियो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ