Logo

बुधवार, कार्तिक १९ गते २०८३

अ

नेकपाका माधव नेपाल र कांग्रेसका नेता मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

नेकपाका माधव नेपाल र कांग्रेसका नेता मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा


नेकपाका माधव नेपाल र कांग्रेसका नेता मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

१७ कात्तिक, कामना ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस गरेको छ। मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक तथा हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा र छुट दर्ता गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।

अख्तियारले इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा धेरै जग्गा सट्टापट्टाका लागि मन्त्रिपरिषद्बाट निर्णय गराएर बिक्री गरिएको र विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्तामा कैफियत देखिएको दाबी गरेको छ।

तत्कालीन नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले उक्त जग्गा बिक्री तथा सट्टापट्टाका लागि सहमति दिएको विषयलाई जोड्दै दायर गरिएको यस मुद्दामा अख्तियारले प्रतिवादीहरूसँग करिब साढे ७३ करोड  रुपैयाँ बिगो दाबी गरेको छ।

अख्तियारले पेस गरेको आरोपपत्रमा पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी तथा तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौलाको नाम समावेश छ। यस्तै, सवारी दुर्घटनामा त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेलाई पनि यस प्रकरणमा प्रतिवादी बनाइएको छ।यसैगरी, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सिताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीविरुद्ध पनि मुद्दा पेस गरिएको छ।

विशेष अदालतका अनुसार अख्तियारबाट प्राप्त आरोपपत्रको अध्ययन तथा रुजु गर्ने प्रक्रिया चलिरहेको छ। पूर्वप्रधानमन्त्री नेपालविरुद्ध यसअघि पतञ्जली जग्गा प्रकरणको मुद्दासमेत विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ