Logo

बुधवार, कार्तिक १९ गते २०८३

अ

देउवा समूहले मंसिर २१ देखि खुलामञ्चमा १५औं महाधिवेशन गर्ने

देउवा समूहले मंसिर २१ देखि खुलामञ्चमा १५औं महाधिवेशन गर्ने


देउवा समूहले मंसिर २१ देखि खुलामञ्चमा १५औं महाधिवेशन गर्ने

१३ कात्तिक,  कामना ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले आगामी २१ देखि २३ मंसिर सम्म हुने १५औं महाधिवेशन खुलामञ्चमा गर्ने निर्णय गरेको छ। महाधिवेशनको तयारी तिब्र पारिएको यस समूहले कार्यक्रम सञ्चालनका लागि काठमाडौंमा विभिन्न स्थानहरू बुक गरिसकेको छ।

देउवा समूहद्वारा गठित केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीका अनुसार महाधिवेशनका लागि खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरिएको छ।

निर्धारित कार्ययोजना अनुसार महाधिवेशनको भव्य उद्घाटन, बन्दसत्र र केन्द्रीय सदस्यहरूको मतदान खुलामञ्चमै सम्पन्न गरिनेछ भने पदाधिकारी चयनका लागि राष्ट्रियसभा गृहमा मतदानको व्यवस्था मिलाइएको छ।

यसैगरी, महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको खानपान सहज बनाउन भृकुटीमण्डपको परिसर बुक गरिएको सदस्य सचिव कार्कीले जानकारी दिएका छन्।निर्वाचन समितिको कार्यतालिका अनुसार यस समूहले गत १५ असोजबाटै वडा अधिवेशनको प्रक्रिया सुरु गरिसकेको छ भने १५ कात्तिकभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने मिति तोकिएको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ