Logo

बुधवार, कार्तिक १९ गते २०८३

अ

सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैन-खुश्बु ओली

सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैन-खुश्बु ओली


सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैन-खुश्बु ओली

१२ कात्तिक,  कामना ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले तत्काल प्रहरी महानिरिक्षक (आईजीपी)  दानबहादुर कार्कीलाई पदबाट नहटाउने विश्वास व्यक्त गरेकी छन्।

सार्वजानिक लेखा समिति अन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएकी हुन्। अध्ययन उपसमितिको प्रतिवेदन आउनु अगाडी नै सरकारले हस्तक्षेप गर्न नमिल्ने र सरकारले नगर्नेमा आफू विश्वस्त रहेको उनले बताइन्।उनले सञ्चारमाध्यममा आएका समाचार र उपसमितिको बैठकबीच कुनै सम्बन्ध नरहेको पनि दाबी गरिन्। 

सांसद ओलीले भनिन्, ‘नेपालमा एकदमै धेरै सुरुमै मिडिया ट्रायल गर्ने एउटा प्रवृत्ति नै छ। तर त्यो समाचार र यो हाम्रो बैठकको कुनै सरोकार छैन। यो एउटा पूर्वनिर्धारित बैठक थियो। संयोगले यहि समाचारहरू प्रकाशित भइरहेको समयमा प¥यो तर यसको र त्यसको केही पनि सरोकार छैन।’ 

सरकारले आफैँ गठन गरेको अध्ययन समितिको काममा हस्तक्षेप गरेर निर्णय लिने आफूलाई नलागेको उनको भनाई छ। उनले अध्ययन अनुसन्धानअघि नै निष्कर्षमा पुग्नु न्यायसंगत नहुने बताइन्। 

उनले भनिन्, ‘मलाई जहाँसम्म लाग्छ, सरकारले त्यसरी हस्तक्षेप गर्ने गरि कुनै पनि निर्णय गर्छ जस्तो मलाई लाग्दैन। किनभने सरकारले नै हामीलाई एउटा अध्ययन गर्ने जिम्मेवारी दिएर यता अध्ययन समिति गठन गरेर आफै फेरी हस्तक्षेप गरेर निर्णय गर्छ जस्तो मलाई लाग्दैन। आधिकारिक रुपमा नआएको कारणले गर्दा मैले यसमा विशेष टिप्पणी गर्न चाहिन।’

उपसमितिले निर्वाचन पोशाकसम्बन्धी अध्ययनका क्रममा कुनै पनि व्यक्ति वा पक्षलाई दोषी ठहर गर्ने वा उन्मुक्ति दिने पूर्वधारणाबाट मुक्त भएर निष्पक्ष अध्ययन गर्ने पनि बताइन्। अध्ययनबाट प्राप्त तथ्य र प्रमाणका आधारमा प्रतिवेदन तयार गर्ने उनको भनाई छ।अध्ययनको प्रारम्भिक चरणमै रहेकाले दसैँका कारण बीचमा लामो समय बित्दा अपेक्षित प्रगति हुन नसकेको उनले बताइन्। यद्यपि, सदस्यहरूले व्यक्तिगत रूपमा अध्ययन जारी राखेको उनको भनाइ छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ